Siraha Times
ताजा समाचार

नेपाली काङ्ग्रेसमा अधिनायकवाद सोचसँगै तानाशाही विचारधार लागू-नेता शरणदेव

  • वैशाख १३, २०७९
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान/१२ बैशाख। सिराहा जिल्ला नेपाली काङ्ग्रेसको अवस्था एवंम यसजिल्लाको काङ्ग्रेसको इतिहास हेर्दा सहिद राम , लक्ष्मणको जिल्ला भनिएर चिनिएको नेता शरणदेव यादवले बताए । उनका अनुसार नेपाली काङ्ग्रेसमा अधिनायकवाद सोचसँगै तानाशाही विचारधार लागू गरिएको अनुमान अनुभुतीबाट देखिएको सिराहा क्षेत्र न. १ काङ्ग्रेस सचिव युवा नेता शरणदेव यादवको ठहर छ। वहाँका अनुसार काङ्ग्रेसमा महामानव विपी कोइरालाको लोकतान्त्रिक बिचारलाई यस सिराहा जिल्लामा लोप भएको बताए। २०७९ साल बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली काङ्ग्रेसको विधान अनुसार हुने उम्मेदवार छनौटको प्रक्रियालाई सिराहा क्षेत्र नम्बर १ बाट गएको सिफारिसको आधारमा टिकट वितरण नगरी यस जिल्लाको केही ठाउँमा हदसम्म अधिनायकवाद सोचको आधारमा विधान र निर्णय विपरीत टिकट वितरण गरिएकोमा लोकतान्त्रिक विचार माथि तानाशाही विचारधार लागू भएको बताए ।

त्यसकारण नेता शरण देव यादवको विचारमा यो देश, जनता र काङ्ग्रेस बचाउनका लागि काङ्ग्रेसभित्र अनुशरण प्रणालीको विकास नभएमा यो देशमा नै प्रजातान्त्रिक शक्ति कम्जोर भै , यो देशलाई ठुलो क्षति हुने अवस्था देखिने बताए । योसँगै तसर्थ काङ्ग्रेसमा सुधार गर्ने निम्न बुदाँहरुको आधारमा लोकतन्त्रमा आँच आउदैन :- - नेपाली काङ्ग्रेसमा क्रियासिल सदस्य सम्बन्धि नयाँ उदेश्य मुलक बुदाँहरु विधानमा संशोधन । - नेपाली काङ्ग्रेसमा वडा तहदेखि सबै तहमा प्रशिक्षण गराई अनुशासन कायम गराउन । - नेपाली काङ्ग्रेसमा टिकट प्रणालीमा विपीको विचार अनुकुल विधानमा संशोधन गराई व्यवस्था मिलाउन ।

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१