लहानमा गठबन्धनको गठ कसिदै, एमाले दाउपेच खोज्दै

  • वैशाख ७, २०७९
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ७ बैशाख । गठबन्धनका तीन दलबीच चुनावी तालमेल टुँगो लागेपछि काँग्रेसको मेयर लहानमा आउँने सम्भावना बढेको छ । जनता समाजवादी पार्टी र नेकपा माओवादीबीच लहानमा तालमेल भएलगतै काँग्रेसले मेयर लिएर अघि बढने आज भएको छलफलमा तय भएको छ । नेकपा माओवादीले मेयर उपमेयरमा दावी नगरी वडामा सिमित भएपछि गठबन्धन कसिएको हो । तीन दलको गठबन्धनमा मेयर काँग्रेसले लिने निश्चित भएको छ ।                    वडामा चुनावी प्रतिस्पर्धामै जाने सहमति भएको स्रोतको दावी छ । आवश्यक परे काँग्रेसका वडाध्यक्षले गठबन्धनकै पक्षलाई समर्थन गरेर जाने भएको छ । काँग्रेसको अधिकाँश वडाध्यक्ष विजय हुने सम्भावना रहेकोले २४ वटै वडामा आफ्नो अडान लिएको हो । उता, उपमेयर जसपालाई दिएर काँग्रेस माओवादी तालमेलमै चुनावमा जाने निर्धारण गरेको छ । गठबन्धनकै नेकपा समाजवादीले मेयर दावी गर्दै आएकोले चुनावी तालमेलबाट बाहिरिएको छ । नेकपा समाजवादीले उपमेयर समेत नपाउँने भएकोले मेयर उपमेयरसहित चुनावी मैदानमा जाने निधो गरेको छ । तर, वडामा जसपा र माओवादीसँग तालमेल गरेर जाने तय गरेको छ । जसपासँग नेकपा समाजवादीको लहान वडा २ र २३ मा आन्तरिक सम्झौता गरेको रहस्य सार्वजनिक भएको छ ।                              लहान २ मा जसपालाई छाड्ने भएपछि लहान २३ गाढामा नेकपा समाजवादीलाई वडाध्यक्षमा सहमति गरेको छ । अरु वडामा त्यसैगरी आन्तरिक सहमति हुने स्रोतको दावी छ । योसँगै काँग्रेसले लहान १९,२०, २१ र २३ नम्बर वडामा आफ्ना उम्मेदवार नउठाए भने चार वटै वडाले काँग्रेसको मेयरलाई विजय घोषणा गर्ने निश्चित देखिन्छ । ती चार वडामा नेकपा एमाले धेरै नै कमजोर रहेकोले गठबन्धनको जित निश्चित हुने स्रोतको दावी छ । ती ४ वटा वडामा काँग्रेसले आफ्ना वडाध्यक्ष त्याग गरे भने ६ हजारबढी मत मेयर उपमेयरको आउँने सम्भावना छ । अन्य २० वटा वडामा गठबन्धन कमजोर नरहेकोले एमाले माथी उठन नसक्ने अवस्था छ । गठबन्धन कसिलो भएपनि नेकपा एमाले कमजोर नरहेको आकलन छ । गठबन्धनबीच भएको यो सम्झौता मौखिकरुपमा मात्र गरेका छन् । विगतको मतपरिणामलाई केलाउँदा यो निर्वाचनमा नेपाली कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पनि एमालेलाई हराउन चुनौती देखिएको छ ।                                        गत निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित मुनी साह सुडीले ११ हजार ३०७ मत ल्याएका थिए । कांग्रेसका अचमित लाल चौधरी ९ हजार १३८ ल्याएर दोस्रो भएका थिए । यस्तै तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)का वैद्यनाथ साहले ५ हजार ७३७ र माओवावदीका खड्ग नारायण चौधरीले २ हजार ४९६ मत ल्याएका थिए । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा चुनाव लडेर ४ हजार ४४६ मत ल्याएका लगनलाल चौधरी अहिले नेकपा एमालेमा छन् । उनी स्थानीय तहको निर्वाचन सकिएलगत्तै एमालेमा प्रवेश गरेर प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भए । उनी अहिले पनि एमालेमै छन् । एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । लहानमा विभाजनको असर भित्रीरुपमा कसिलो भएपनि खासै असर परेको छैन । यता, कांग्रेस, जसपा र माओवादीको मत जोड्दा १७ हजार ३७१ पुग्छ । तीन पार्टीले गठबन्धन गर्दा र एमाले एक्लै चुनाव लड्दा करिब २ हजार मतको अन्तर छ । तर, पार्टीगत कार्यकर्ताबीच मनमोटवा बढेपछि गठबन्धनलाई सकस हुने अवस्था छ । नेपाली कांग्रेसबाट महेश चौधरी र सन्तोष चौधरीमध्ये एकजनाले लहानको मेयरको टिकट पाउने चर्चा चलिरहेको छ । सन्तोष कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीका छोरा हुन् ।                          उनी यसअघि प्रदेशसभा सदस्यमा पराजित भएका थिए । पदमनारायण चौधरी लहान क्षेत्रबाट पटक–पटक संघीय सांसद बनेका छन् । उनले योपटक छोरालाई टिकट दिलाउन चाहेका छन् । नेकपा एमालेबाट लहानका मेयरमा मुनी साहको नाम आएको छ भने लगनलाल चौधरी पनि मेयरको दावी गर्दै आएको छ । यसैगरी, नेकपा समाजवादीबाट लहान मेयरको लागि सत्यनारायण यादव र विष्णुलाल साहको नाम चर्चामा छन् । एमालेसँग तालमेल नभएपछि लोसपाले समेत मेयर उपमेयर गरी वडामा उम्मेदवार उठाउँने कसरत गरिरहेको छ । योसँगै जनमत पार्टीले समेत उम्मेदवार उठाउँने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

इलाका प्रहरी कार्याल ...

कृष्णनगर, कपिलवस्तु, मंसिर १२ सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, ...

हज सचेतना कार्यक्रम ...

कृष्णनगर, कपिलवस्तु, मंसिर ११ नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना का ...

तत्मा र कथित पत्रकार ...

रन्जित चौरसिया वीरगंज। पर्सा प्रहरीले आइतवार पक्राऊ गरेका सन्तोष दास तत्मा र कथित पत्रकार हरिशंकर शर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१