Siraha Times
ताजा समाचार

लहानका दलित अब मासु च्युरामा नविक्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान

  • वैशाख ६, २०७९
  • १०७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ६ वैशाख । दलितहरु भोट बैंकको रुपमा अब नरहने भन्दै बैंक फोड्दै आफ्नो हीतमा काम गर्ने उम्मेदवारलाई मत दिने दलित भेलाका सहभागीले जोड दिएका छन् । दलित संघर्ष समिति लहानले बैशाख ३ गते लहान २४ मा आयोजना गरिएको दलित भेलाका सहभागीले अब भोटबैंक आफ्नो हीतमा काम गर्ने उम्मेदवारलाई मत दिने प्रतिबद्धता गरेका छन् । जसले एक घर एक रोजगारी, शिक्षा स्वास्थ्य निःशुल्क र विभेद अन्त्य गर्ने उम्मेदवारलाई मात्र मत दिने सहभागीहरुले प्रतिबद्धता गरेका छन् । लहान नगरपालिकामा दलितको सँख्या सबैभन्दा बढी छन् । वडाध्यक्षमा एक जना दलितलाई पनि दलहरुले टिकट नदिने । जहाँ जनसँख्याको आधारमा मेयर उपमेयरमै निर्वाचित हुने हैसियत रहेको सहभागीहरुको दावी रहियो । यस पटक दलितहरु मासु च्युरा रक्सीमा नविक्ने भन्दै यस्ता लोभलालच दिने उम्मेदवारलाई गाउँ टोल प्रवेशमा रोक लगाउँने उनीहरुले प्रतिबद्धता गरेका छन् ।

दलित एकतामा जोड दिँदै सहभागीहरुले दलितलाई वडाध्यक्षसम्म टिकट नदिएका दललाई वहिष्कार गर्ने अभियान नै चलाउँने बताएका छन् । आवश्यक परे लहानमा मेयर उपमेयरसहित २४ वटै वडामा वडाध्यक्षको लागि उम्मेदवारी दिएर आफ्नै समुदायलाई मतदान गर्ने जोड दिएका छन् । कार्यक्रममा लहान १३, १४ र २४ का दलित अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सभाध्यक्षता मनोज पासमानले गरेका थिए भने दलित अगुवा रामगणेश दास, रिक्मा विश्वकर्मा, रमण दास, भोगेन्द्र पासमान, भिम आर्मीका प्रतिनिधि, पत्रकार दिनेश्वर गुप्ता, महेश सिँहलगायत दर्जनौले मन्तव्य राखेका थिए । कार्यक्रममा लहान चमार काण्ड, मधेशमा दलितमाथी भइरहेको हत्या हिँसा, बलात्कारलगायतको घटनाको निन्दा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१