ताजा समाचार

नेपाली काँग्रेसद्वारा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम

  • वैशाख ४, २०७९
  • १२९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ४ , बैशाख । नेपाली काँग्रेस लहान नगरपालिका वडा नम्बर - ३ बुथ एकाई कमिटी द्वारा नवबर्ष २०७९को उपलक्ष्यमा आज शुभकामना अदान - प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा शुभकामना आदान - प्रदान कार्यक्रम गरिएको छ । साथै , पार्टी प्रवेशको कार्यक्रम समेत राखिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर - १ का क्षेत्र सह - सचीव मुकेश महतोले समाजिक संजाल (फेसबुकमा) लेखेका छन् । नेकपा एमाले , माओवादी , एकिकृत समाजवादी, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेपाली काङ्ग्रेसमा प्रवेश गरेको पार्टी स्रोतले बताए । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी युवा नेता सन्तोष चौधरी , नेता फुलेश्वर महतो , वडा नम्बर - ३ का वडा अध्यक्ष रामदयाल महतो लगायतका नेता तथा कार्यकर्ताको विशेष उपस्थितिमा कार्यक्रम भएको आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤