ताजा समाचार

चुनावको मुखमा एमालेमा पहिरो वडा अध्यक्षको प्रत्याशी सिंह समेत माओवादी केन्द्रमा प्रवेश

  • वैशाख ३, २०७९
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ बैशाख - पछिल्लो स्थानीय तहको निर्वाचनमा औरही गाउँपालिका वडा नं-१ को नेकपा एमाले पार्टीबाट वडा अध्यक्षको प्रत्याशी उम्मेदवार कुशे सिंह र वडा कमिटी अध्यक्ष विशेश्वर सिंह माओवादीमा प्रवेश गरेका छन्।औरही गाउँपालिकाका अध्यक्ष तथा माओवादीको युवा नेता सिद्धार्थ यादवले उनीहरूलाई विधिवत माओवादी पार्टीमा प्रवेश गराएका छन् । उनीहरूले माओवादीमा प्रवेश गरेपछि वडा नं-१ मा नेकपा एमालेको संगठन शुन्यमा झरेका छन् । औरही गाउँपालिकाको स्थानीय चुनावमा अध्यक्ष पदमा निर्वाचित भएपछि नेता यादवले अन्य पार्टीहरूबाट कैयन नेताकार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराइ सकेका छन् । जसको कारणले आसन्न स्थानीय तहको चुनावमा फेरि पनि माओवादीबाट यादव नै निर्वाचित हुने आँकलन गरिएको छ । औरही गाउँपालिकाको कमान सम्हालेपछी नेता यादवको पहलमा औरही गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालमा परिणत गर्न कम्मर कसेका थिए । जसको कारण जग्गा खरिद प्रक्रियामा गइसकेको र केही दिनमा नै दक्षिणी भेगका जनताहरुलेले विशेषज्ञ डाक्टरहरुको सेवा गाउँमा नै पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤