Siraha Times
ताजा समाचार

प्रबन्धक महतो द्वारा पीडितलाई सहजै मृत्यु दावी भुक्तानी

  • वैशाख ३, २०७९
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ बैशाख - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मानव कल्याणका लागी कार्यालयमा आउने मृत्यु दावी भुक्तानी सहजै पीडितलाई दिने गरेको छ्। नेपालमा धेरै इन्स्योरेन्सहरु भए पनि सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सका जस्तो सुकै कामहरु सहजै गर्न थाले पछि समाजको सन नेपाल लाईफ इन्स्योरेन्स तिर ध्यानाकर्षण भएको छ्। जनतालाई सेवा सुबिधा सहजै दिन थाले पछि मान्छेले सन नेपाल लाईफ इन्स्योरेन्स तिर मान्छेको झुकाब बढी देखिएको हो। प्रबन्धक महतोले निरन्तर मृत्यु दावी भुक्तानी दिन थालेका छन्।वैदेशिक रोजगारमा दुबै पुगेका मृतक परिवारलाई प्रबन्धक उपेन्द्र नारायण महतोले खोजी खोजी मृत्यु दावी भुक्तानी दिन थाले पछि प्रबन्धक महतोलाई पीडित परिवारहरुले सम्मान गर्न थालेका छन्। सिरहाको गोलबजार नगरपालिका १० धर्मपुर बस्ने एक महिलाले श्रीमान गुमाएकी छिन्।स्थानीय बिशमबुद्ध लामा र फुल कुमारी लामाकी कान्छो छोरा शेरत कुमार लामाले वैदेशिक रोजगारीमा दुबै पुगेका थिए। दुबै पुगेको केहि महिना न बितदै उनको मृत्यु भएको थियो।

उनी बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगारी बिमा गराएका थिए। बिमा अभिलेख नम्बर FE1000124922 यति भएको हो। लामालाई २०७८ -११- १ गते दुबै स्थित काम गर्दै गर्दा मृत्यु भएको थियो। मृतक लामालाई २ छोरा र श्रीमती रहेकी छिन। मृतकको श्रीमती लालु माया नार्तेनलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान शखाको प्रबन्धक तथा समाजसेवी उपेन्द्र नारायण महतोले क्रिया खर्च सहित ११ लाखको चेक हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१