Siraha Times
ताजा समाचार

समाजका सकारात्मक संबाहकको रूपमा नवलपरासी युवा समाज

  • वैशाख २, २०७९
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख २ । समाजको निर्माण आदिम कालदेखि भएको थियो जहाँ विकासले फडको मार्दै आजसम्मको आधुनिक समाज बन्न सफल भएको हो । नदी किनारमा विकशित भएको मानव सभ्यताको उतिबेला देखि विकासको खम्भा युवालाई मानिन्छ । समाजमा असली परिवर्तन युवाबाट मात्र सम्भव देखिएको छ । समाजमा विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने युवा सकारात्मक दिशामा उभिनु आजको आवश्यकता हो । देशमा राजनीतिक तरलता भइरहेको अवस्थामा देशका युवाहरु स्वतन्त्र सामाज निर्माणको दिशामा उभिरहेको छ । नवलपरासीमा स्वतन्त्र युवा धर्मेन्द्र गिरी र नरेन्द्र मिश्र जस्ता युवाहरु जिल्लामा हरेक पक्षमा सकारात्मक सुधारका निम्ति यतिबेला युवाहरुको समाज गठनमा लागिपरेका छन् । समाजमा रहेका कुलत लगायत हरेक किसिमका समस्याहरू जसले समाजलाई कुरुपता तिर धकेलिरहेको खराब तत्वलाई निर्मूल र सुधारको महान कार्यमा लागिपरेका युवा समाज हुन् नवलपरासी युवा समाज । जिल्लामा मौलाइरहेको भ्रष्टाचारको विरुद्धमा उभिने समाजले समाजमा चेतना मुलक कार्यक्रम समेत सञ्चान गरिरहेका छन् । जिल्लामा किशासनको समस्यादेखि लागू पदार्थ दुरुपयोगमा लिप्त युवा देखि सडकमा ट्राफिक चेतना लगायतका सकारात्मक नीति लिएर अगाडि आएका युवाको कार्यलाई सबैतिर सकारात्मक रूपमा हेरिनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१