ताजा समाचार

कृष्णनगरमा एमालेबाट ४ जना मेयर र २ उपमेयरका उम्मेदवारको नाम सिफारिश

  • चैत २९, २०७८
  • ५३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, चैत्र २९ वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट कृष्णनगर नगरपालिका मेयरको उम्मेदवारका लागि ४ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले कृष्णनगर अध्यक्ष संदिप कुमार मौर्यले जानकारी दिनु भयो । कृष्णनगर मेयर पदका लागि आकांक्षी मिर्जा राशिद बेग, कुनाल प्रताप शाह, शिव प्रसाद जयसवाल, अन्नु श्रीवास्तवको नाम सिफारिस गरेको अध्यक्ष मौर्यले जानकारी दिनु भयो । मेयर पदका आकांक्षि मिर्जा राशिद बेग राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य हुन भने अर्का आकांक्षी कुनाल प्रताप शाह हालै नेकपा एमालेमा राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए l त्यस्तै शिव प्रसाद जयसवाल नेकपा एमाले कृष्णनगरका नगर इन्चार्ज तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य हुन l अन्नु श्रीवास्तव नेकपा एमाले सदस्य हुन l त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य र सहरून निशाको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य नेकपा एमाले वडा कमिटी सदस्य हुन भने सहरून निशा नेकपा एमालेका कृष्णनगर नगर कमिटी सदस्य हुन l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤