बिराटनगर ।मोरङको सुनवर्षि नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता प्रताप तामाङलाई टिकट दिन जन दबाव बढ्दो क्रममा छ ।
गत स्थानिय निर्वाचनमा सुनवर्षि नगरपालिका वडा न -२ बाट अत्याधिक मत ल्याएर बिजय भएका तामाङ सबै माझ लोकप्रिय छन् । सामाजिक क्षेत्रमा निकै नै सक्रिय रहेका तामाङ भन्छन् म आफ्नोलागि कहिले पनि केहि गरिन मैले मेरो यो जिवन देश र जनताकोलागि समर्पित गरेको छु । जे गर्छु हाम्रो सुनवर्षिको बिकास र प्रवर्द्धनको लागि गर्छु । यहाँको बिकासकोलागि गर्छु ।
हामि राजनीति आफ्नो स्वार्थकोलागि होईन जनताको हितकोलागि गर्नु पर्छ र अबको राजनीति जनताको हितकोलागि हुनु पर्छ त्यहि भएर पनि मैले मेयरको रुपमा नेपाली कांग्रेसबाट आफ्नो उम्मेदवारीको अगाडी बढाएको छु । अब पार्टिले टिकट दियो भने सुनवर्षिको हितकोलागि दिलो ज्यानले हिमनेत गर्ने छु ।आफ्नो पुरा सक्ति लगाएर सुनवर्षिको बिकासको लागि काम गर्ने छु । यदि पार्टिले टिकट दिएन भने पार्टिले आधिकारिक रुपमा टिकट दिएका उम्मेदवारलाई जिताउन दिन रात एक गरिदिन्छु तामाङले भने । तामाङ्ग आफु जनाप्रतिनिथी हुदा सरकारी साधन प्रयोग गरेनन् र आफुले पाएको तलब र भत्ता गरिब दुखि असाहयको सेवामा नै खर्च गरे अझ यतिले नपुग्दा उनले पैसा थप गरेर पनि जनताको सेवा गरेका छन्। जनताको दुखमा साथ दिएका छन्।
अहिले सामाजिक संजाल तथा पार्टिका हरेक नेता तथा कार्यकर्या प्रताप तामाङलाई मेयर बनाउनकोलागि लबिङ्ग गरिरहेका छन् । पार्टिमा एक प्रकारको दबाव समेत सिर्जना भएको छ प्रतापलाई मेयरको टिकट दिनकोलागि । प्रताप तामाङले दिनरात नभनि हामि सुनवर्षि बासिकोलागि काम गरेका छन् प्रताप जास्तै ब्यक्तिलाई मेयर बनाउनु पर्छ उनका एक शुभचिन्तकले हामीलाई बताए।
प्रताप नेपाली कांग्रेसमा पनि लोकप्रिय नेताका रुपम आफ्नो परिचय बनाएका छन् । गत स्थानिय निर्वाचनमा पहिलो पटक वडाअध्यक्षका उम्मेदवार बनेका उनि भारि मतका साथ बिजय भएका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ क्षेत्रीय प्रतिनिधिमा बिजय हुदै उनि सानै उमेरमा नेपाली कांग्रेसको निर्वाचित केन्दिय महाधिवेशन प्रतिनिधि भए । उनले लोकप्रिय मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाए ।
पार्टिका कार्यकर्ता तथा जनता माझ लोकप्रिय रहेका तामाङलाई यस पटक सुनवर्षिको मेयरमा टिकट दिलाउन स्थानियहरुले पार्टिका अग्रज नेताहरुमाथि दबाव नै सिर्जना गरेका छन् । उनका एक शुभचिन्तक बताउछन् यदि प्रतापले मेयरको टिकट पाएको खण्डमा अन्य पार्टिका कार्यकर्ताले समेत तामाङलाई मत दिने छन् र अत्याधिक मतका साथ सुनवर्षिमा कांग्रेसको झण्डा फर्फराउने छ ।
 
                     
		 
		 
		 
                        
                                        
                    


 
		 
		 
		












