Siraha Times
ताजा समाचार

बिष्णुपुरमा पालिका अध्यक्षले नेता कुटे

  • चैत २५, २०७८
  • १२०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ चैत - पैसाको लेनदेन विवादमा बिष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एक नेतालाई कुटेको छ।बिष्णुपुर गाउँपालिकाको पुर्व राजपा प्रत्यासी हाल माओबादी तर्फ बाट गापा अध्यक्षको दाबेदार उम्मेदवार हजारी साह र कल्याणपुर नगरपालिकाको प्रत्यासी उम्मेदवार परचिलबाको रामबाबु यादव बीच दोकानको लेनदेन र समान खरिद गरेको पैसा लेनदेनको समान्य विवाद चलिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एकासी हात हालेको माओबादी नेता हजारी साहको आरोप रहेको छ। माओबादी नेता साहले मेरो पसल बाट लगेको समान बापतको उधारो रकमको ताकेता मेरो स्टाफले गरिरहेको बेला भनाभन भएपछि असहज प्रस्थिती निम्तितै इप्रका बिष्णुपुरको संरक्षण्मा बसिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादव र बिष्णुपुर गापा एमाले निकट रहेको चर्चित नेता सत्यनारायण यादवले दुई तिरै बाट तामाचा हालेको बताए ।नेता साहले सुरक्षीत ठाउँ ठानेर प्रहरी चौकी पुगे त्यहाँ झन जिम्मेवार जनप्रतिनिधिहरु बाट नै पिटिएपछी समान्य नागरिकको सँरक्षन दिने को ?प्रश्न खडा गरेको छ। उता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले आफ्नो पार्टीको कल्याणपुरको नेता आफ्नो पालिका भित्र ब्यजती भैरहेको भैरहेको फोन सुनेपछि थानामा नै गएर आक्रोश थाम्न नसकेको बताए। नेता साहले भने पालिका अध्यक्ष यादवले चुनावको मुखमा मलाई राजनीति दाउ साधेको बताए ।उनले भने म पसलेको स्टाफ नै उधारो खाएका रामबाबु यादव सेवाग्राही बिच विवाद परेको बेला बिचमा आएर कुन हिसाबले गलहाथ गर्यो,यो राजनीति दाउ साधेको जनाए। यता स्थानीयहरुले जे जति उधारो रहेपनी कसैलाई अचानक रोकेर ताकेताकै बहानामा गाडी छिन्ने प्रयास गर्नु अनुचित रहेको बताए ।स्थानीय प्रत्यक्ष दर्शिहरुले नेता साहको पसलमा काम गर्ने स्टाफहरुको बदमासिले साह दोषी रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१