धनुषाको औरही गाउँपालिकाका अगामी गाउँपालिका अध्यक्ष पदको लागि नेपाली कांग्रेसका युवा नेता उदित मिश्रको नाम अहिले चारै तिर चर्चामा रहेको छ । आउँदो स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदको लागि उम्मेद्वारी दिन स्थानीयहरुले नेता मिश्रलाई सुझाव सहित आग्रह गरेका छन् । कोरोनाको महामारिको विषम परिस्थितीमा समेत नेता मिश्रले अफ्नो ज्यानको समेत प्रवाह नगरी समस्यामा परेकाहरुको लागि मजबुतिका साथ सेवामा लागि रहे । उनले आफ्नो सोवा कार्यलाई औरही गाउँपालिकामा मात्र सिमित नराखि जिल्लाका बिभिन्न ब्यक्तिहरुलाई सहयोग गर्ने गराउने कार्यमा दत्तचित भएर लागि रहे । नेता मिश्रले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुको लगि एम्बुलेन्स व्यवस्थापन र होस्पिटल सम्म समेत पुर्याउने काम गरे, रगतको व्यवस्था, चिकित्सक संगको सल्लाह सहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइ रहेको छ । उनले उपचारको लागि आर्थिक अभाव भएकाहरुको लागि आर्थिक सहयोग समेतका उपलब्ध गराएको छ ।
त्यस्तै लकडाउनले गर्दा औरही नगरक्षेत्र भित्र रोजगारी गुमाएका वा रोजगार नपाएकाहरुको लागि सहयोग अभियान चलाए र अहिलेका युवाहरुलाई खेलकुदमा समेत सहयोग गर्दै आईरहेको छ । अहिले पनि उनी सो अभियानमा साथिहरु संगै सक्रिय रहेका छन् । समाज सेवा प्रति नेता मिश्रको सकृयता, सहयोगी भावना र समाजको लागि केही गर्ने दृढ इच्छा शक्ति देखेर अधिकांश औरही गाउँपालिकाका सम्पुर्ण जनता मिश्रलाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन सुझाव सहितको आग्रह गरेका छन् । औरही गाउँपालिकाको बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समुकाका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् । नेपाली कांग्रेस औरही गाउँपालिका वडा नं २ परबाहाका युवा तथा लोकप्रिय नेता उदित मिश्र सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् । उनलाई माया गर्नेहरुले उनैलाई अगामी गाउँपालिका अध्यक्षको रुपमा हेर्न इच्छा जाहिर गर्दै उम्मेदवारी दिनको लागि आग्रह गरेका छन् ।
चुनावी गणितमा पार्टीबाट दिइन टिकटको लागि उम्मेदरको राजनीतिक छवी, पार्टी भित्रको लगानी, सकृयता, लोकप्रियता, विश्वसनियता, लवी सहित अनेक पक्ष–विपक्ष, तर्क–वितर्कलाई ध्यानमा राखि टिकट दिइने परम्परा रहेपनि नेता उदित मिश्र अरु भन्दा बलियो नै मानिनेछ । आफ्नो विचार राख्ने कुशलता र भाषणले गर्दा त्यती बेलै लोकप्रियता पाएका नेता उदित मिश्रको भनाई अनुसार तराईमा अहिले सम्म जति नेता कार्यकर्ता आयो तर बिकास भएन युवा नेता आयो भने बिकास हुन्छ नै त्यो आशा र विश्वासका साथ समय समयमा अवाज उठाउँदा नेता मिश्रले जनताको मन जित्नमा सफलता पाए । स्थानिय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल रहेको नेता मिश्रको सरह नै हरेक कार्यक्रम सजालन गर्ने तथा नेता कार्यकर्ता र जनताको मन जित्न सफल भए । त्यतिबेला देखि नै उनको लोकप्रियता बढ्दै गएको छ । घरदैलो सहित हरेक कार्यक्रममा उनी सहभागी हुन्थे । स्थानीय र प्रदेश सभा निर्वाचनमा समेत उनी सकृयताका साथ आफ्नो उतरदायित्व निर्वहन गरे ।
नेता उदित मिश्रको राजनीतिक, सामाजिक, खेलाडी सहित हरेक क्षेत्रमा सकृय छन् । उनको कार्यकौशलता सामाजिक, साँस्कृतिक र विकासोन्मुख भावनाले नै उनलाई लोकप्रिय बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic