कम्पाउण्डभित्रै नोबेलका डा. यादवको संकास्पद मृत्यु

  • चैत २१, २०७८
  • ११३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स चैत्र २१ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा डा. विजय पनि गएका थिए । दिनभरी स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएको निर्देशक नारायण दाहालले जानकारी दिए । अस्पताल आएपछि आफ्नो डेरातर्फ जाने भन्दैं हिडेका डा. यादव शनिबार बिहान मृत फेला परेका थिए ।
अस्पतालदेखि करिब २ सय मिटर पूर्व प्रेम बस्नेतको घरमा डेरा गरी बसेका डा. यादव कम्पाउण्डभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तेस्रो तलाको कोठामा बस्दै आएका थिए । शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २८ वर्षीय डा. यादव विगत ४ वर्षदेखि नोबेल हस्पिटलमा कार्यरत छन् ।
अस्पतालका प्रबन्धक दाहालका अनुसार डा. यादव नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर हुन् । उनी ४ वर्षअघिदेखि नोबेलमा कार्यरत रहेको दाहालले बताए ।
उनले बंगलादेशबाट एमबीबीएस गरेर आएका हुन् । घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । शव नजिक लाइटर र दुई वटा जुत्ता पनि रहेको छ । जुत्ता महिलाले लाउने रहेको छ । ‘डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी बिहान आएको हो,’ उनले भने, ‘तत्काल प्रहरी परिचालन गरेर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।’ शव भेटिएको स्थानदेखि करिब एक सय मिटर पश्चिम नहर छेउ, नोबेल हस्पिटलको गेटलगायतका विभिन्न स्थानहरूमा पनि रगत देखिएको छ ।
घटनास्थलमा मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पुगेर घटनाको अुनसन्धान सुरु गरेको छ । प्रहरीले तालिम प्राप्त कुकुरलाई पनि ल्याएर घटनाको अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए । मृतकका आफन्तहरूले नियोजित रूपमा हत्या भएको भन्दै घटनाको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन् । ‘भान्जाको नियोजित तरिकाले हत्या गरेर डेरा नजिक ल्याएर फालेको हुनसक्छ,’ मृतकका मामा उपेन्द्र यादवले भने, ‘घटनास्थल अर्कै तिर भएको हामीले आशंका गरेका छौं । घटनाको गहन रूपमा अनुसन्धार गरी सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ ।’
शनिबार राति डा. विजय यादव दुई जना साथीहरूसँग अबेर रातिसम्म होटलमा रमाइलो गरेको खुलेको छ । उनी र उनका साथीहरूसँग विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा राति ११ बजेसम्म बसेका थिए । डा. यादवसहित तीन जना साथीहरू अवेर रातिसम्म बसेर बियर खाएका थिए । तीन जनाले ६ वटा बियर खाएको बताएका छन् । डा. यादवका साथी हाडजोर्नी भाँचिदा प्रयोग गरिने स्टिल (इम्प्लान्ट) र सिए साथीसँग बसेका थिए । उनीहरू त्यो होटलमा राति करिब साढे ११ बजेसम्म बसेका थिए । त्यसपछि एउटा स्कुटरमा तीन जना बसेर डा. यादवलाई पु¥याउन डेरा गएको देखिएको छ ।
डा. यादवलाई इम्प्लान्टमा काम गर्ने साथीले डेरादेखि करिब ५० मिटर दक्षिणमा छोडेको बताएका छन् । डा. यादवलाई डेरा अगाडि छोडदा रातको करिब ११ः४५ समय भएको ती साथीले बताएका छन् । ‘डाक्टर यादवले होटलमा रहँदा भिडियो पनि खिच्नुभएको थियो । राति १२ बजेपछि त्यही भिडियो माग्न फोन गरेको थिए । तर, डाक्टर यादवको फोन उठेन,’ सँगै राति बसेका ती साथीले भने । हाल प्रहरीले होटलमा सँगै बसेर रमाइलो गर्ने दुई जना साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१