ताजा समाचार

भगवानपुर गाउँपालिका ३ लालपुरमा चैती दुर्गा मेलाको सुरुवात

  • चैत २०, २०७८
  • १५३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० चैत - सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर ३ लालपुर चौचाड टोलमा चैती दुर्गा मेलाको सुवार्म्भ हुने भएको छ।बिगहौ एलानी जग्गा रहेको उक्त ठाउँमा वाडा अध्यक्ष हरि नारायण यादवले गाउँपालिकाको वाडा स्तरीय बजेट बाट करीब १४ लाख बजेट बिनियोजन गरी चैती दुर्गा मन्दिरको भवन निर्माण गरीएका छन्। स्थानीय जय नारायण यादवको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी दिई मन्दिर निर्माणको कार्य अगाडि बढाईएको हो।मन्दिर निर्माणको कार्य करिब अन्तिम चरणमा रहेको अध्यक्ष यादवले बताए।सोही मन्दिरमा यो बर्ष देखि चैती दुर्गा लाग्ने भएको छ्। आउने बर्षहरुमा निरन्तर उक्त स्थानमा चैती दुर्गा मेला लाग्ने गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवले बताए।उक्त मेला १९ गते देखि २९ गते सम्म र ९ नौ पुजा १० दशम जात्रा रहने मन्दिरको पुजारी राम प्रीत यादवले जानकारी दिनु भयो। समाजमा बिकृती बिसंगती लाई अन्त गर्न समाजलाई धार्मिक मार्गमा रुपान्तरण गर्न उक्त स्थानमा चैती दुर्गा मेलाको सुवार्म्भ गरेको वाडा अध्यक्ष हरि नारायण यादवले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤