धनगढीमाईमा प्राकृतिक अस्पतालको सेवा सुरु (फोटो सहित)

  • चैत १९, २०७८
  • ९८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १८, चैत । सिरहाको धनगढीमाई नगरपालिकामा प्राकृतिक रूपले बिरामीलाई सेवा दिने उद्देश्यल सहित आजबाट प्राकृतिक अस्पतालको सेवा सुरु गरिएको छ । वडा नम्बर - १० का वडा अध्यक्ष बिन्देश्वर यादवको अध्यक्षता र नगरप्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा प्राकृतिक स्वास्थ्य अस्पतालको निर्मित भवनको समुदघाटन तथा सेवा प्रवाहको शुभारम्भ गरिएको छ। नाफा कमाउनु भन्दा पनि नागरिकलाई सहज रुपमा प्राकृतिक रुपले सेवा दिने उद्देश्यले अस्पताल संचालनमा ल्याईएको नगरप्रमुख चौधरीले बताएका छन् । अस्पतालमा नशा सम्बन्धी रोग, बाथ रोग, ढाड सम्बन्धी रोग , दिर्घजिवि रोगहरु डाईबिटिज, थाईराईड लगायतका रोगहरु प्राकृतिक विधिद्वारा उपचार गरिने उनको भनाई थियो । यस अस्पतालमा विभिन्न प्रकारका रोगहरु प्राकृतिक पद्धतिबाट उपचार गरिने भएकाले उपचार समेत सस्तो हुने भन्दै प्रमुख चौधरीले भन्नुभयो, 'अस्पतालमा थेरापी, योग, मसाज थेरापी, एकुपेन्सर, डाइटिङ्ग, जीवनशैलीमा कसरी सुधार ल्याउन सकिन्छ भनेर काउन्सिलिङबाट उपचार गरिने छ।'

Open photo

पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उनी बताउँछन् । कार्यक्रममा अस्पताल निर्माणमा संरक्षण तथा व्यवस्थापन गर्नुहुने समाजसेवी ब्यक्तीहरुलाई नगर प्रमुख चौधरीले गम्छा ओढाएर स्वागत तथा सम्मान गरेका थिए । निर्वाचित हुँदा अस्पताल संचालनमा ल्याउछु भनेर गरेको प्रतिबद्धता आज पुर्णरुपामा पूरा भएको भन्दै नगरप्रमुख चौधरीले खुसी व्यक्त गरे । उदघाटन समारोहमा नगरपालिकाका उप- प्रमुख फुलकुमारी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले , नगरपालिकाका प्रवक्ता प्रकाश योन्जन तामाङ्ग , प्राकृतिक स्वास्थ्य अस्पताका चिकित्सक एलिसा काफ्ले , विभिन्न शाखाका शाखा प्रमुख ,कार्यपालिका सदस्य, जनप्रतिनिधिहरु लगायत अस्पतालका संचालक समितीहरुको उपस्थिति रहेको थियो । नेपाल भारतको मैत्रीपुर्ण सहयोगमा भवन निर्माण गरिएको छ । स्थानीयतहको जनप्रतिनिधि निर्वाचित हुनु भन्दा आगाबै भवन निर्माणको कार्य सम्पन्न गरिएको थियो भने नगरपालिकाले भवनको सौन्दरीकरणलगायत मर्मत सम्भारको काम गरेको बुझिएको छ । अस्पतालको सेवा सुचारुगर्नका लागी नगरप्रमुखको महत्त्वपूर्ण भुमिका रहेको स्थानीयबासिहरु बताउँछन् ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१