ताजा समाचार

मनरा शिस्वा नगरपालिकाको : मेयरमा पुष्पा यादवको चर्चा

  • चैत १७, २०७८
  • १७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। कतिपय स्थानीय नेता टिकटका लागि दौडधुप गरिरहेका छन् भने कतिले धमाधम आफ्नो दावेदारी सार्वजनिक गरिरहेका छन्। केहीको भने चर्चा व्याप्त छन् । निर्वाचन नजिकिंदै गर्दा यहाँका चोक, पसल र गाउँमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको हो। चर्चामध्येकै एक नाम हो, पुष्पा यादव । मनरा शिस्वा नगरपालिका वडा नं. १० मरुवाही निवासी यादव नगरपालिकाकी मेयरमा उम्मेदवारी दिने चर्चा छ। यादव एक स्वास्थ्यकर्मी हुन, विगत पाँच वर्षदेखि महोत्तरी, धनुषा र सर्लाही जिल्लामा कार्य गर्दै आइरहेको छिन। द १०० हिरो अफ मधेश अवार्ड बाट सम्मानित, COVID 19 मा दिन रात विरामी लाई सेवा उपचार प्रदान गरिएको थिए ।

समाजिक क्षेत्रमा युवा, महिला का समाजिक अभियन्ता का रूपमा परिचित छिन् ‌। नेपाल, भारत र बंगलादेशको दजनौं तालिम र युवा अभियानमा सहभागी भएका छिन्। उनी नेपाल कम्यूनिष्ट पार्टी एमाले निकट हुन् । एमालेबाट उम्मेदवारीको तयारीमा जुटेकी स्थानीयहरु बताउँछन् । यादवको सबै वडाहरू मा राम्रो पकड रहेको स्थानीय रुपेश महतोले बताए। स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर पदमध्ये एकजना महिला अनिवार्य उठाउनुपर्ने प्रावधान छ। जसअनुसार नगरपालिकामा उनी मेयरकी आकांक्षी देखिएकी छन् । शिक्षित महिला सो पदमा आए स्थानीय तहबाट हुँदै आएको विकासीय कामकाज पनि ठोस रुपमा हुने तथा स्थानीय तहमा हुने न्यायिक कामकारवाही पनि सहज रुपमा पाउने यहाँका सर्वसाधारणको अपेक्षा छ। मनरा शिस्वा नगरपालिकाको मतदाता ले यस नगरपालिकावासीले पनि शिक्षित र समाजसेवी उम्मेदवारलाई मत दिएर विजयी बनाउने स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤