राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता:- अध्यक्ष राजेन्द्र

  • चैत १६, २०७८
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमाथि कडा टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङ्देलले यी तीन प्रमुख राजनितिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह भएको बताउनुभएको छ । साँढेको टाङमुनि बाल्टी थापेर जे गर्दा पनि दुध नदिने बताउदै अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभयो । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गर्नुभएको हो । कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई उनीहरुले सदुपयोग गर्न नसकेको उहाँको भनाई छ । देशका प्रमुख राजनितिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरि गरेको काम देखाउन चुनौति समेत दिनुभएको छ ।

अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै उहाँले राप्रपाका उम्मेद्वारलाई जिताउन अपिल समेत गर्नुभएको छ । राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागी अहित हुने कुनै पनि काम नगर्ने बताउदैं राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमसीसीतर्फ ईकिंत गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनितिक दलका नेतृत्वको केटाकेटीपनले अन्र्तराष्ट्रिय जगतमा नेपालको विश्वासनियता गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्रहरु रणनितिक रुपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा शिवसेना नेपाल कपिलवस्तु अध्यक्ष भिष्म राज ढुंगाना, उनका समर्थक लगायत विभिन्न पार्टी परित्याग राहुल मोदनवाल, सुनिल मोदनवाल लगायत गरि लगभग एक हजार जना बढीे राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय लगायत अन्यले सम्बोधन गरेका थिए lअब कपिलवस्तुमा राप्रपा थप बजबुत बनेको भिष्म राज ढुंगाले दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१