सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन

  • चैत १६, २०७८
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ चैत - सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन भएको छ। गाउँपालिकाको आफनो भवन नहुँदा पालिकामा सेवा ग्राहीलाई काम गर्न असहज हुँदै आएका गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिनु भयो। २० बर्ष देखि निर्वाचन बिहीन रहेको नेपाल ततकालिन गाबिसहरु अस्त बेस्त देखिएका थिए।जनतामा समेत अन्यौलता रहेको थियो। स्थानीय निर्वाचनबाट जनप्रतिनिधि छनोट भए पश्चात् जनताले कामको सहता महसुस गरेका हुन्।जनप्रतिनिधि छनोट भएर काम गर्न आए पछि काम गर्ने वातावरण पालिकामा समेत न रहेको अध्यक्ष महतोले बताए।

Open photo

पालिकाको कर्मचारी र सम्पुर्ण जनप्रतिनिधिहरुलाई काम गर्न सहज होस भने उदेश्यले पालिकाबाट ६५ लाख रकम बिनियोजन गरी प्रशासकीय भवनको सिल्यानास गरेका थिए। भवन निर्माणको सम्पुर्ण काम पुरा भए पश्चात् एक बृहत कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरीएका छन्। गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहाको प्रमुख जिल्ला अधिकारी मोहम्मद लालबाबु कवारि रहनु भएको थियो। पालिका उपाध्यक्ष रेखा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत रंजित जङ्ग अधिकारी रहनु भएको थियो।

Open photo

अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,पत्रकार महेश सिंह,बद्री यादव, मुकेश यादव,घुरन मुखिया लगायत पालिका भरीका सम्पुर्ण जनप्रतिनिधि र समाजसेवी बुद्धिजीवी शिक्षक विद्यार्थी राजनीति दलका प्रतिनिधि स्वंमसेवीकाहरुको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा दर्जनौं जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए। बिशिस्ट अतिथि कवाडीका अनुसार स्थानीय सरकारलाई आफैमा निर्भर भएर बिकास निर्माणको काम अगाडि बढाउन उनले बताए। पकै पनी जनप्रतिनिधि आउँदा गाउँ गाउँ सडक निर्माण देखि लिएर मठ मन्दिर स्कुल अस्पतालहरु समेत स्थापना भएको छ्। स्थानीय जनताहरुले अब सेवा सुबिधा लिन थाले पछी बल बिकासको प्रत्याभूति गर्न थालेको छ कवाडीले बताए।

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१