Siraha Times
ताजा समाचार

लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम

  • चैत १६, २०७८
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १६ चैत्त - मधेश मिडिया मिशन नेपालले नेतृत्व विकास तथा पत्रकारिता तालिम संचालन गर्दै आएको छ । योसँगै मधेश मिडिया मिशनले समाजिक रुपान्तरणका मुद्दा उठान गरेर आमुल परिवर्तनको अभ्यास गर्नेक्रममा चैत्त १३ गते जनबोलीको लागि महिला पत्रकारिता तालिम सम्पन्न गरेको छ ।चैत्त ११ गतेदेखि संचालन भएको सो तालिम लहानमा आज एक कार्यक्रमबीच सम्पन्न गरेको तालिमका प्रशिक्षक तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले बताएका छन् । यस अघि मधेश मिडिया मिशन नेपाल र पत्रकार महासँघ सिरहाको संयुक्त आयोजना लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम दिइएको थियो । मिशनले शिपमुलक, नेतृत्व विकाससँगै पत्रकारिता तालिम विगत ढेड दशकदेखि संचालन गर्दै आएको छ ।

Open photo

मधेशमा पत्रकारिता तालिमको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका मिशनले विगतमा अमेरिकी सहयोगी यूएसएडको सहयोगमा महिला पत्रकारिता आवास तालिम, पत्रकार आचार संहीता, फिचर लेखनलगायत विभिन्न कार्यक्रम गरेका थिए । मिशनले पत्रकार हकहीतको लागि देशभरी १४ शाखा समेत गठन गरी जिल्लाहरुमा कार्यक्रम गर्दै आएको छ। योसँगै मधेश मिडिया मिशन नेपालले नागरिक अधिकारको लागि नागरिक अधिकार मञ्च समेत संचालन गर्दै आएको छ भने मिशनकै अन्तरगत रेडियो सौगात संचालनमा रहेको छ । अगामि दिनमा मिशनले नागरिक अधिकार, नेतृत्व विकास, शिपमुलक कार्यक्रमलगायत पत्रकारिता तालिम संचालन गर्दै अघि बढ्ने कार्ययोजना रहेको अध्यक्ष गुप्ताले जानकारी दिएका छन् ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१