लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम

  • चैत १६, २०७८
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १६ चैत्त - मधेश मिडिया मिशन नेपालले नेतृत्व विकास तथा पत्रकारिता तालिम संचालन गर्दै आएको छ । योसँगै मधेश मिडिया मिशनले समाजिक रुपान्तरणका मुद्दा उठान गरेर आमुल परिवर्तनको अभ्यास गर्नेक्रममा चैत्त १३ गते जनबोलीको लागि महिला पत्रकारिता तालिम सम्पन्न गरेको छ ।चैत्त ११ गतेदेखि संचालन भएको सो तालिम लहानमा आज एक कार्यक्रमबीच सम्पन्न गरेको तालिमका प्रशिक्षक तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले बताएका छन् । यस अघि मधेश मिडिया मिशन नेपाल र पत्रकार महासँघ सिरहाको संयुक्त आयोजना लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम दिइएको थियो । मिशनले शिपमुलक, नेतृत्व विकाससँगै पत्रकारिता तालिम विगत ढेड दशकदेखि संचालन गर्दै आएको छ ।

Open photo

मधेशमा पत्रकारिता तालिमको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका मिशनले विगतमा अमेरिकी सहयोगी यूएसएडको सहयोगमा महिला पत्रकारिता आवास तालिम, पत्रकार आचार संहीता, फिचर लेखनलगायत विभिन्न कार्यक्रम गरेका थिए । मिशनले पत्रकार हकहीतको लागि देशभरी १४ शाखा समेत गठन गरी जिल्लाहरुमा कार्यक्रम गर्दै आएको छ। योसँगै मधेश मिडिया मिशन नेपालले नागरिक अधिकारको लागि नागरिक अधिकार मञ्च समेत संचालन गर्दै आएको छ भने मिशनकै अन्तरगत रेडियो सौगात संचालनमा रहेको छ । अगामि दिनमा मिशनले नागरिक अधिकार, नेतृत्व विकास, शिपमुलक कार्यक्रमलगायत पत्रकारिता तालिम संचालन गर्दै अघि बढ्ने कार्ययोजना रहेको अध्यक्ष गुप्ताले जानकारी दिएका छन् ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१