ताजा समाचार

सिरहाको नवराजपुरमा जसपा बलियो पार्टी बन्दै

  • चैत १३, २०७८
  • १९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह सिरहा लहान १३ चैत – सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर १ तामासुईयामा एमाले काङ्ग्रेस प्रत्यागरी हजारौं संख्यामा नेकपा एमाले र नेपाली काङ्ग्रेस प्रतयाग गरी जनता समाजवादीमा प्रवेश गरेका छन्। नवराजपुर १ तामासुईयालाई एमाले र काङ्ग्रेसको गढ भनेर चिनीने गरेका थिए।एमालेको वाडा संयोजक नवीन कुमार यादव समेत एमाले प्रत्याग गरी ओपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पार्टी प्रवेश गरीएका छन्। उक्त गाउँपालिकामा दिन प्रतिदिन एमाले काङ्ग्रेस पार्टीको संगठन कम्जोर हुँदै गरेको अवस्था रहेको छ।संघीयताको बिकास संगै जनताले स्वतन्त्रताको सिद्धान्तको प्रत्याभूति गर्दै आफनो हक अधिकारको लागी अवाज उठाउदै आएका हुन्।

समाजमा रहेको शासन प्रथालाई प्रास्त गर्दै लोकतान्त्रिक प्रत्याभूतिको पाटाेमा समाज अगाडि बढी रहेको छ।विभिन्न राजनीति मध्ये नेपाली काङ्ग्रेसको संगठन पछिल्लो समय निकै बलियो देखिएको थियो। जसपा पार्टीले चुनावी सभाको बृहत कार्यक्रमको आयोजना गरी सोही कार्यक्रममा हजारौं ब्यक्तीले एमाले काङ्ग्रेस प्रत्याग गरी जसपामा प्रवेश गरेका हुन। भुमि ब्यवस्था तथा कृषि मन्त्री बिजय यादवको प्रमुख आतिथ्यमा हजारौं जनाले पार्टी प्रवेश गरेका थिए। जसपाका वरिष्ठ नेता मोहम्मद खालिद सिद्धीकी,पुर्व मन्त्री राज लाल यादव निर्माला यादव,ललिता दास,परियाग लाल यादव,दिपेश यादव,सिबजी यादव,लगायत नेताहरुको सहभागिता रहेको राम उदगार यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤