Siraha Times
ताजा समाचार

किसानकाे समृद्धिमा नै मधेश र सम्पूर्ण देश विकास हुनेछ: महासचिव मिश्र

  • चैत १२, २०७८
  • १२७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, चैत्र १२ । जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्रले किसानकाे समृद्धिमा नै मधेश र सम्पूर्ण देश विकास हुने बताउनुभयाे । आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै जनता प्रगतिशील पार्टीका महासचिव एवं पुर्वमन्त्री इश्वर दयाल मिश्रले देशका किसानका मुख्य समस्या समयमा मल-खाद र बीउ र सिचाईकाे सुविधा उपलब्ध नहुन नै रहेकाेले किसानका समस्या समाधान भए तराई-मधेश र देश बिकास संवत्: हुने बताउनुभयाे । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी शिव पुजन चौधरीको अध्यक्षतामा ११ सदसिय कमिटी गठन गरिएको छ l

कार्यक्रम नूर मोहम्मद खान को अध्यक्षता तथा प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र विशिष्ट अतिथि जनता प्रगतिशील पार्टी का जिला कार्यसमिति सदस्य तस्लीम खान एवं कृष्णानगर नगरअध्यक्ष राकेश यादव तथा अतिथिमा कामेश्वर पांडे , राघवेंद्र पांडे , कमाल खान , अख्तर हुसैन ,वीरेंद्र तिवारी , भगवती पासी, शंभू पांडे लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ lअध्यक्षमा शिव पुजन चौधरी, उपाध्यक्षमा अनवर खा, सचिवमा विजय कश्यप, कोषाध्यक्ष मा श्याम प्रसाद रैदास लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको जानकारी गराइएको छ l

कार्यक्रममा बोल्दै पार्टीका महासचिव ईश्वर दयाल मिश्रले किसानको चकलाबन्दी को व्यावस्था,समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको व्यवस्थापन किसान अन्नदाताले नपाए सम्म देश विकास हुन नसक्ने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l मिश्रले विभिन्न पार्टीका नेतालेे जनता लाई आस्वासन मात्र दिएको तर आफूले जिते पनि हारे पनि क्षेत्रको विकास तथा जनताको हितमा सधै रहेको बताउदै किसानको समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको अनुदानमा आसेपासे ले मात्र पाइरहेकाले जनता प्रगतिशील पार्टी उक्त कार्यको निरन्तर खबरदारी गिरिरहने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l कार्यक्रममा शिक्षाा प्रेमी, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायत सयौको संख्यामा पार्टी समर्थक हरूको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१