अध्यक्ष पदको उम्मेदवारी दिन तयार छु : युवा नेता यादव

  • चैत १२, २०७८
  • १७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १२, चैत । नेपाली काङ्ग्रेसबाट बरियारपट्टी गाउँपालिकाको अध्यक्ष पदमा आफू उम्मेदवारी दिन तयार रहेको नेपाली काङ्ग्रेसका मधेस प्रदेश सदस्य तथा युवा नेता सरोज यादवले बताउनु भएको छ । बरियारपट्टी गाउँपालिका कचनारी घर भएका यादव लामो समय देखि नेपाली काङ्ग्रेसको राजनीतिमा सकृय छन् । कक्षा ८ देखि नै उहाँ नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा आबद्ध भई हाल नेपाली काङ्ग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा मधेस प्रदेशको सदस्यको रुपमा भारी मतले बिजय भएको छ । समाज परिवर्तनका लागि युवा नेतृत्वको खाँचो रहेको नेता यादवले बताए । युवा नेतृत्वले देश र समाजलाई परिवर्तन गर्न सक्छ । उनी भन्छन् , 'पार्टीले अध्यक्ष पदका लागि आफुलाई अवसर दिएमा र जनताले निर्वाचित गराएको खण्डमा शिक्षा ,स्वास्थ्य, भौतिक पुर्वाधार , रोजगार लगायत विपन्नवर्ग समुदायलाई उत्थान गर्न आफू आमूल परिवर्तन ल्याउन सक्छु।, युवाहरूको ढुकढुकी रहका उनि हरेक समय पार्टीको लागि अहोरात्र खट्ने र संगठनका लागि योगदान दिने असल नेताको रुपमा चिनिन्छन् । समाजसेवाको क्षेत्रमा पनि युवा नेता यादवको महत्त्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१