Siraha Times
ताजा समाचार

स्थानीयतहमा महिलाको जिम्मेवारी उत्कृष्ट रहेको मन्त्री यादवको दावी

  • चैत १२, २०७८
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १२ चैत्त । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले स्थानीय तहमा रहेका महिला र पार्टीभित्रको महिला नेतृत्वले नै निर्णायक जिम्मेवारी पाउँन आवाज बुलन्द गर्नुपर्ने बताउँनुभयो । चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको शुक्रबार एकैदिन शिलान्यास गर्दै मन्त्री यादवले ३३ प्रतिशत होइन, शतप्रतिशत योग्यता र क्षमताको आधारमा महिला नेतृत्व छान्ने र जिम्मेवारी दिने कुरा सैद्धान्तिक रुपमा उठ्न जरुरी रहेको बताउँनुभयो । महिलाहरुलाई अब योग्यता क्षमताकै आधारमा स्थानीय तहमा प्रमुखको जिम्मेवारी दिन सकिने अवस्था बनिसकेको छ । खाली नेतृत्वले महिलालाई बाध्यात्मकरुपमा तोकिएको जिम्मेवारीमा मात्र बाँध्ने प्रयत्न गर्नु भएन । एकपटक महिलाको नेतृत्व परीक्षण गर्न सबै दलहरुले किन प्रयास नगर्ने ? मन्त्री यादवले बताउँनुभयो ।

स्थानीय तहमा केही प्रमुख र अधिकांश उपप्रमुखको रुपमा महिलाहरुले निर्बाह गरेको भूमिका र कामले स्थानीय तहमा प्रमुखकोे लागि समेत योग्य रहेको भन्दै मन्त्री यादवले दलहरुले योग्यता, क्षमताको आधारमा अबको स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख बनाउनुपर्ने जोड दिनुभयो । महिला प्रमुख भएको स्थानीय तहमा विकास निर्माण, आर्थिक पारदर्शितालगायतका विषयमा निक्कै राम्रो नतिजा देखिएको छ । त्यसैगरी उपप्रमुखको रुपमा महिला न्यायिक समितिको संयोजक, अनुगमन समितिको संयोजक र अन्य जिम्मेवारीमा उत्कृष्ट ठहरिएको मन्त्री यादवले बताउँनुभयो । यस्तै, सांसद यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताउँदै यसको निर्माणको काम सम्पन्न भइसकेपछि यहाँका जनताको जनजीवन सहज हुने र जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिए । उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।

सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास गरिएको छ । दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसदसमेत राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् । दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०÷४० करोड रुपैयाँ विनियोजन गरेको छ । जस अनुसार २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ ।

यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ । सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । कार्यक्रममा सांसद यादवसहित प्रदेश सांसद सुरेश कुमार मण्डललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१