धनगढीमाई - १३ सुरक्षीत खानेपानी समुदाय घोषणा फोटो सहित

  • चैत ११, २०७८
  • ९१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ११ , चैत । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - १३ डाबर टोलमा आज देखि सुरक्षीत खानेपानी समुदाय घोषणा भएको छ । ६७ घरधुरी रहेको टोलमा आज नगरपालिकाले औपचारिक रुपले एक कार्यक्रमको आयोजना गरि सुरक्षीत खानेपानी समुदाय घोषणा गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले बताए । सुरक्षीत खानेपानीको लागि ५ हजार लिटर ट्यान्की सहित प्रत्येकको घरधुरीमा बोरिङ्ग , पाईप सहितको धारा जडान गरिएको स्थानीय वडा अध्यक्ष सुर्यमान तामाङ्गले बताउनु भयो । मुल आयोजनाको रुपमा वडा कार्यालयले ८ लाख ९० हजार सहयोग गरेको छ । भने, मर्मत खर्च योगदान वापत उपभोक्ता समितिले जनश्रमदान वापत ३५ हजार ८ सय ९ रुपैया , नगरपालिकाले ७१ हजार ६ सय १८ रुपैया र युनिसेफले २ लाख ८६ हजार ४ सय ७४ रुपैयाको संयुक्त लागतमा आयोजनाको काम सम्पन्न भएको धमिनी खानेपानी योजना उपभोक्ता समित धनगढीमाई नगरपालिका वडा नम्बर - १३ का अध्यक्ष निर्मल ठकुरीले बताउनु भयो । नगरप्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा संचालित घोषणा - सभा कार्यक्रममा युनिसेफका प्रतिनिधि , फिनल्यान्डबाट आएका विदेशी अतिथि , नगरपालिकाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१