जनता प्रगतिशील पार्टी नेपालको कृष्णनगरमा वडा कमिटी गठन

  • चैत ११, २०७८
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, चैत्र ११ कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा अध्यक्षमा जयकरन प्रसाद मौर्या , उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको छ l जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) को प्रमुख आतिथ्य तथा जप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयको विशिष्ट अतिथ्यमा वडा कमिटी गठन गरिएको छ l साथै केहि दिन अघि विजयनगर गाउँपालिका वडा नं ३ मा रहेको भुनेश्वरी मा.वि.जगदीशपुरका व्यवस्थापन समिति अध्यक्ष विजयनगर वडा नं ४ बस्ने दयाशंकर यादव नेपाली कांग्रेस परित्याग गरि जनता प्रगतिशील पार्टी नेपालमा पार्टीको महासचिव ईश्वर दयाल मिश्रले प्रवेश गराएका थिए l कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो l साथै भोली कृष्णनगर नगरपालिका वडा नं ५ गुलरीको बगैचामा वडा कमिटी गठन हुने जनता प्रगतिशील पार्टी कृष्णनगर अध्यक्ष राकेश यादवले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१