Siraha Times
ताजा समाचार

पूर्व विधानसभा अध्यक्ष तथा विधायक पाण्डेय लाई कृष्णनगरमा स्वागत

  • चैत ६, २०७८
  • १३१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तु जिल्ला कोषाध्यक्ष दिपेन्द्र गुप्ता (अग्रहरी)को निवासमा मित्र राष्ट्र भारत उत्तर प्रदेशका पूर्व विधानसभा अध्यक्ष तथा हालै सम्पन्न विधानसभा निर्वाचनमा इटवा विधानसभा सदस्य (विधायक) पदमा निर्वाचित भएका माता प्रसाद पाण्डेय लाई स्वागत गरिएको छ l जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदेश त्रिपाठी ले फोन सम्पर्क मार्फत विधानसभा सदस्य पाण्डेय लाई बधाई दिएको जानकारी गराइएको छ l आज भएको स्वागत कार्यक्रममा जनता प्रगतिशील पार्टी का केन्द्रीय महासचिव तथा पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला सदस्य देवेन्द्र दत्त शुक्ल (विजयी बाबा) , राप्रपा कपिलवस्तु जिल्ला सल्लाहकार अकलेश्वर पाण्डेय, जप्रपा युवा नेता अरूण कुमार चौबे, मनोज जयसवाल, शेखर वर्मा, विनय शर्मा, भारत बढ्नीका इब्राहिम बाबा तथा शिवम उपाध्याय लगायत अन्यले मित्र राष्ट्र भारत उत्तर प्रदेशका पूर्व विधानसभा अध्यक्ष तथा हालै सम्पन्न विधानसभा निर्वाचनमा इटवा विधानसभा सदस्य (विधायक) पदमा निर्वाचित भएका माता प्रसाद पाण्डेय लाई स्वागत गरेका थिए l विधानसभा सदस्यमा सात पटक जीत हासिल गर्नु भएका माता प्रसाद पाण्डेय लाई हार्दिक बधाई दिदै जनता प्रति समर्पित रहेको प्रष्ट देखिएको बजाउदै जनताको हितमा उहाँ सधै काम गर्नु भएको जप्रपा महासचिव तथा पूर्व मंत्री मिश्रले बताए l कार्यक्रममा समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी लगायत स्थानीयको उपस्थित रहेको थियो l

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१