सभापति चौधरीद्वारा होली मिलन तथा पार्टी प्रवेश कार्यक्रम

  • चैत ४, २०७८
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ४ चैत । नेपाली कांग्रेस सिरहा क्षेत्र-१ का क्षेत्र सभापति महेश प्रसाद चौधरीको नेतृत्व तथा पहलमा विहिवार होली मिलन कार्यक्रमको आयोजना गरिएको छ । लहान स्थिति एपोलो बोर्डिङ्ग स्कुलमा गरिएको कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदानका साथै पार्टी प्रवेश कार्यक्रम पनि गरिएको थियो । पार्टी प्रवेश कार्यक्रममा जसपाबाट लहान - ७ का निर्वाचित वडा सदस्य रामबाबु महतो , एमलेका वडा सदस्यका प्रत्यासी उम्मेदवार प्रमिला देवी विश्वकर्मा , स्थानीय रेखा विश्वकर्मा , राजा ठाकुर लगायत ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेको हो । करिब हजारौं जनाको सहभागीता रहेको कार्यक्रममा सभापति चौधरीले एमसिसिको भ्रम चिर्न प्रशिक्षण दिईएको थियो । उपस्थित नेता, कार्यकर्ता र सर्व-साधारणलाई एमसिसीका विषयमा जानकारी दिई काँग्रेसका उम्मेदवारलाई अबको निर्वाचनमा मतदान गर्न चौधरीले सबैलाई आग्रह गरेका थिए । नेपाली काङ्ग्रेसका सिरहाका जिल्ला उपसभापति सुनिल महतो , नेता विकास शारडा लगायतका नेताहरुको रोहवरमा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई क्षेत्र समिति द्वारा स्वागत तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१