Siraha Times
ताजा समाचार

कृष्णनगरको बसपार्क व्यावस्थापनमा नगरपालिकाले सहकार्य गर्ने :- नगर प्रमुख शाह

  • चैत २, २०७८
  • ६७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , चैत्र १ कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा चिनने कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको हो l यहाँ अहिले सम्म बसपार्क नहुनाले सवारी साधन पर्किङ गर्नमा समस्या रहेको ले सावरी साधनहरू सडकमै पर्किङ हुँदै आएको थियो ! सवारीसाधन सडकमा पर्किङ गर्नाले बढी दुर्घटनाको पनि समस्या देखिको थियो l बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात् मात्र यहाँ बसपार्क स्थापना गर्न पाउँदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बसपार्क निर्माणमा नगरपालिकाले सहकार्य गर्ने बताउदै आफ्नो सक्दो सहयोग रहदै नगरपालिको तर्फबाट विकास निर्माणको कार्य अघि बढिरहेको आउने दिनमा कृष्णनगर जिल्लामा विकासमा फड्को मार्ने प्रमुखले जानकारी दिनु भएको हो । कृष्णनगर विद्युत् कार्यालय अगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरिएको छ । अलिशा सप्लायर्सले बसपार्क सञ्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो । कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा बसपार्क सञ्चालन गरिएको खानले जानकारी दिनु भएको हो ।कृष्णनगर यातायात प्रा.ली. जावेद आलम खानको अध्यक्षमा बसपार्कको उद्घाटन गरिएको हो । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष दधिराम खरेल, समाजसेवी मङ्गल प्रसाद गुप्ता, मौलान मशहूद खां नेपाली, तुफेल खान, शाहिद खान, दिनेश चन्द गुप्ता लगायत समाजसेवी, पत्रकार, सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१