''कांग्रेस जिताऔँ ''अभियानका लागि सभापति चौधरी घर- घरमा पुग्दै

  • चैत १, २०७८
  • १४२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १, चैत । सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई निरन्तरता दिनुभएको छ । अभियानको १० औं दिन आज लहान नगरपालिका वडा नम्बर - २२ को सिसवनी टोल र लहान- १६ को बिकट बस्ती भसुवा भूमरेमा पुगेर उनले हरेक टोल, वडा तहमा नेता कार्यकर्ता र सर्व-साधारण लाई एमसिसीका विषयमा जानकारी दिई काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गरिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको उनले बताए । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि पनि अभियान सुरु गरिएको हो ।” आज संचालन गरेको अभियानमा लहान नगरपालिका वाडा नम्बर - २२ का वडा सभापति रामबृक्ष साह, नेपाली काङ्ग्रेसका नेताहरू क्रमशः श्याम कुमार अधिकारी , रामकुमार चौधरी, सैलेन्द्र साह लगायतको सयौं जनाको उपस्थिति रहेको थियो ।, 'भने, 'लहान नगरपालिका वडा नम्बर - १६ को बिकट बस्ती भसुवा भूमरेमा वडा अध्यक्ष गरुड बहादुर जर्घामगर , नेपाली काङ्ग्रेसका नेता हरी पोखरेल, महेश पोखरेल , भाईकाजी खड्का लगायतका नेताहरूको उपस्थिती रहेको चौधरीले आफ्नो फेसवुकमा लेखेका छन् ।

Open photo

नेपाली काङ्ग्रेसलाई वडा देखि नगरको हरेक तहमा जिताउन उनले जागरण अभियान पनि संचालन गरिरहेको बुझिएको छ । आफ्नो ब्यक्तिगत लगानीमा करोडौं बराबरको राहत बाँडेर एक्कासि चर्चामा आएका चौधरीलाई जनताले रुचाएका छन् । विपन्न परीवारहरु भन्छन् , महेश प्रसाद चौधरी लहान नगरपालिकाको मेयर हुनुपर्छ । किनकी उनी भिजन भएको नेता हो । साथै गरिब जनताको साथी हो । अभियानको क्रममा चौधरीको मन्तव्य सुन्न नेपाली काङ्ग्रेस बाहेक अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहने गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१