Siraha Times
ताजा समाचार

''कांग्रेस जिताऔँ ''अभियानका लागि सभापति चौधरी घर- घरमा पुग्दै

  • चैत १, २०७८
  • १५२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १, चैत । सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई निरन्तरता दिनुभएको छ । अभियानको १० औं दिन आज लहान नगरपालिका वडा नम्बर - २२ को सिसवनी टोल र लहान- १६ को बिकट बस्ती भसुवा भूमरेमा पुगेर उनले हरेक टोल, वडा तहमा नेता कार्यकर्ता र सर्व-साधारण लाई एमसिसीका विषयमा जानकारी दिई काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गरिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको उनले बताए । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि पनि अभियान सुरु गरिएको हो ।” आज संचालन गरेको अभियानमा लहान नगरपालिका वाडा नम्बर - २२ का वडा सभापति रामबृक्ष साह, नेपाली काङ्ग्रेसका नेताहरू क्रमशः श्याम कुमार अधिकारी , रामकुमार चौधरी, सैलेन्द्र साह लगायतको सयौं जनाको उपस्थिति रहेको थियो ।, 'भने, 'लहान नगरपालिका वडा नम्बर - १६ को बिकट बस्ती भसुवा भूमरेमा वडा अध्यक्ष गरुड बहादुर जर्घामगर , नेपाली काङ्ग्रेसका नेता हरी पोखरेल, महेश पोखरेल , भाईकाजी खड्का लगायतका नेताहरूको उपस्थिती रहेको चौधरीले आफ्नो फेसवुकमा लेखेका छन् ।

Open photo

नेपाली काङ्ग्रेसलाई वडा देखि नगरको हरेक तहमा जिताउन उनले जागरण अभियान पनि संचालन गरिरहेको बुझिएको छ । आफ्नो ब्यक्तिगत लगानीमा करोडौं बराबरको राहत बाँडेर एक्कासि चर्चामा आएका चौधरीलाई जनताले रुचाएका छन् । विपन्न परीवारहरु भन्छन् , महेश प्रसाद चौधरी लहान नगरपालिकाको मेयर हुनुपर्छ । किनकी उनी भिजन भएको नेता हो । साथै गरिब जनताको साथी हो । अभियानको क्रममा चौधरीको मन्तव्य सुन्न नेपाली काङ्ग्रेस बाहेक अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहने गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१