Siraha Times
ताजा समाचार

राष्ट्रिय युवा संघ नेपालको ८ औं बैठक सिरहाको धनगढीमा सम्पन्न

  • चैत १, २०७८
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ चैत - सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ८ औं बैठक सम्पन्न भएको छ्। राष्ट्रिय युवा संघ नेपालको जिल्ला अध्यक्ष ईन्द्रेश राउतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा संघका स्थाई कमिटी सदस्य बैध्यनाथ साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा नेकपा एमालेको केन्द्रिय सदस्य रामपृत राम रहनु भएको थियो।पार्टीको सर्कुलर युथफोर्स नेपालको सपथ ग्रहण अध्यक्ष ईन्द्रेश राउतले राष्ट्रिय युवा संघ नेपाल सिरहाको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिई उपाध्यक्ष रहनु भएका जयप्रकाश शर्मालाई सिरहा संयोजकमा चयन गरेका हुन्। संयोजक सहित १०१ जनाको जिल्ला अधिबेशन आयोजक कमिटी गठन गरिएको छ। उक्त कार्यक्रममा सयौं युवा नेताहरुको सहभागीता रहेको आयोजक टिमको प्रतिनिधि बिरेन्द्र कुमार महतोले जानकारी दिनु भयो। नगरका वरिष्ठ नेता शिव शकर महतो लगायतका नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।नेता जय प्रकाश शर्मा ईमानदार र समाज सेवा गर्न बिगत देखि गर्दै आएका हुन।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१