अख्तियार २२ हजार ६ सय पच्चीस उजुरी सिरहा दोस्रो स्थानमा

  • चैत १, २०७८
  • ६५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दले दिन प्रति दिन भ्रष्टाचार मौल्याउँदै गएकाले भ्रष्टाचार नियन्त्रण गर्न सबैले हातेमाले गर्नुको विकल्प नरहेको वताउनुभएको छ । अख्तियार नियन्त्रण कार्यालय बर्दिवासले आज सिरहामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्धन कार्यक्रममा बोल्नुहुँदै आयुक्त चन्दले कोरोना महामारीको बिच पनि आर्थिक वर्ष २०७७।०७८ मा आयोगमा विभिन्न माध्यमबाट २२ हजार ६ सय पच्चीस उजुरीहरु प्राप्त हुनु दुख्द रहेको समेत उहाँले उल्लेख गर्नुभयो । सीमित श्रोत साधनको बीच पनि आयोगले दिन हालसम्म विभिन्न माध्यमबाट आएका उजुरी मध्ये ६४.२३ प्रतिशत मुद्दा फरछ्यौट गरेको भए पनि वर्षेनी उजुरीमा आउने आकडाले आफूहरुलाई दुःखित तुल्याएको वताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले कार्य सम्पादनमा एक रुपता नहुनुको साथै कर्मचारीहरुको बेथितीको कारण पनि जिल्लाबाट बढी मुद्दा आयोगमा जाने गरेको आयोगलाई ध्यानाकर्षण गराएका थिए । मधेश प्रदेश जिल्लाहरुमध्ये बढी उजुरी पर्ने जिल्ला मध्ये धनुषा पहिलो र सिरहा दोश्रो स्थानमा रहेको जनाइएको छ । १७ वटा स्थानीय तह रहेको सिरहामा ३५६ वटा उजुरी रहेका छन् जसमध्ये हालसम्म एक सय १३ वटा मात्र फरछ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख सह सचिव गोपाल कुमार अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सह न्यायाधिवक्ता श्री घनश्याम ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि प्रमुख जिल्ला अधिकारी सिरहाका लालबाबु कवारीले टिप्पणी गर्नुभएको थियो । माननीय आयुक्त जय बहादुर चन्दको अध्यक्षता, जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका नगरप्रमुख, उप प्रम्ुख, गाउँपालिकाका गाउँपालिका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु एवम् जिल्लामा रहेका सरकारी तथा गैरसरकारीका प्रमुखहरुको उपस्थिति रहेको थियो । (पुर्वाञ्चल एक्सप्रेस न्युज)

प्रतिक्रिया दिनुहोस

शाहले समाजिक रुपान्त ...

कपिलवस्तु , फल्गुन १  । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप श ...

बोदेबरसाईन–७ मा नेपा ...

लहान फाल्गुन ०१ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बोदेबरसाईन नगरपालिका वडा नम्बर&ndas ...

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१