ताजा समाचार

कपिलबस्तुमा मोटरसाईकल र पानी तान्ने मोटर चोरीको घटना बढ्दै

  • चैत १, २०७८
  • ८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चैत्र ०१ कपिलबस्तुमा मोटरसाईकल चोरीको घटना बढ्दै गएको छ । चोरी डकैतीमा संलग्न व्यक्तीहरुले विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग गर्न र भारतसंगको खुला सिमाको कारण जिल्लामा मोटरसाईकल चोरीका घटना बढ्दै गएका हुन । गत साता कपिलबस्तु नगरपालिका ३ सुखरामपुरका इरफान खानको कपिलबस्तु जिल्ला अदालतको अगाडि राखिएको राखिएको मोटरसाईकल चोरी भएको बताए । उनको लु ५१ प ८८५० नम्बरको रातो र कालो रंङ भएको २ सय २० सी सीको पलसर मोटरसाईकल चोरी भएको हो । त्यस्तै आज सोमबार जिल्लाको चाकरचौडा र कपिलबस्तु जिल्ला अदालतकै अगाडीबाट मोटरसाईकल चोरी भएको हो । अदालतको अगाडीबाट कपिलवस्तु नगरपालिका ६ बस्ने जनार्दन यादवको लु २६ प ७४०९ न. को कालो रंङसुपर स्पेलेडर मोटरसाईकल चोरी भएको जुबेर अहमद खाले जानकारी दिए । त्यस्तै जिल्लाको मायादेवी गाँउपालिका ४ चाकरचौडाबाट मायादेवी ५ शिसहनिय बस्ने जगराम कोहारको लु ३३ प ८९६३ नम्बर को स्पेलेडर मोटरसाईकल चोरी भएको छ । यसैगरी कपिलवस्तु नगरपालिका -३ भिक्षुकोकमा रहेको निशा हार्डवेयरको भिक्षुचोक देखि सिकोटवा जानेबाटोको मध्यभागमा निर्माण हुँदै गरेको गोदामबाट पानी तान्ने मोटर रातीको समयमा चोरी भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤