ताजा समाचार

माओवादी केन्द्र विजयनगरको अध्यक्षको ट्याक्टर बालुवा चोर्दा समातियो

  • फागुन ३०, २०७८
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , फागुन ३० कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ चोरेर ल्याउँदै गर्दा २ सवारी साधन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गणेसपुरको अनुसार आइतवार लोहरौला नजिकको खोलाबाट लु ३ त ५५१० नम्वरको टयाक्टर र रा १ ख १५३५ नम्बरको टिप्पर पक्राउ परेको बताइएको छ । पक्राउ परेको ट्याक्टर नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको रहेको स्थानीय कैलास भारतीले जनाएका छन् । माओवादी केन्द्र जस्तो जिम्मेवार दलको प्रमुखको सवारी साधन चोरी गरेको अवस्थामा पक्राउ हुनु लाजको विषय भएको स्थानीयले बताएका छन् । पक्राउ परेका सवारी साधन सोमवार विजयनगर गाउँपालिकालाई जरिमाना तिराई खुसुक्क निकालिएका छन् । पालिकाले सवारी साधनलाई १० हजार रुपैयाँ जरिमाना तिराएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤