Siraha Times
ताजा समाचार

महाराजगन्जमा ५२५ जना नेकपा एमाले मा प्रवेश गरे , एमाले बलियो बन्दै महाराजगन्जमा

  • फागुन २९, २०७८
  • ९७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महाराजगन्ज , फागुन २९ कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका मा अायाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस , लाेसपा , जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्द‌ै गएको छ । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लाेकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव , इलाकत धाेबी , सफिक धुनिया , राजु यादव लगायत ५२५ जना नेकपा एमाले महाराजगन्ज मा प्रवेश गरेका छन् । नेकपा एमाले केन्द्रीय पाेलिट व्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरे भनिन् कि एमाले पार्टी दलित , गरिब , असहाय , मजदुर र अाम नेपालीहरुकाे समस्यालाई समाधान गर्ने एक मात्र पार्टी रहेको छ । महाराजगन्ज काे मुहार फेर्न काे लागि हाम्रो पार्टीले मात्र गर्न सक्छ । सबै काे पीडा बुझ्नकाे लागि र देशलाई समृद्ध बनाउन काे लागि एमाले पार्टी ले नीति नियम बनाएको बताइन् ।

नेकपा एमाले काे केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले भने कि नेकपा एमाले पार्टीले सबैलाई जाेड्ने काम गर्छ नकि ताेड्न काम गरेको छैन । सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेकाे छ नकि कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गरेको छैन । पार्टी मा प्रवेश गरेका नव प्रवेशिलाई बधाई समेत दिनु भएको छ । नव प्रवेशि इन्द्रराम यादवले मन्तव्य काे क्रममा भने कि लाेसपा पार्टी काे निति नियम र कार्य मेराे चित्त बुझेको थिएन त्यहि भएर मैले एमाले पार्टी मा प्रवेश गरेकाे छ । अाज म धेरै खुसी पनि रहेको छु कि जुन पार्टीले अाम जनताको हक , अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य लिएकाे छ त्यो पार्टी नेकपा एमाले हाे ।

लुम्बिनी प्रदेश सअ-इन्चार्ज विमला घिमिरे , कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , कपिलवस्तु अध्यक्ष डम्मर शर्मा , जिल्ला सचिव सि.वी गहतराज , प्रदेश सभा सदस्य अर्जुन के.सी , शिवराज नगरपालिका मा प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका , गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पाैडेल , बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे , महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा ,सह-इन्चार्ज शिवराम खड्का , मैराज खा ,अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव संताेष त्रिपाठी ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१