कनकपुरमा भलिबल प्रतियोगिता सुरु, आजको खेलमा

  • फागुन २७, २०७८
  • १११३ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान २७, फाल्गुन । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ कनकपुरमा आजबाट कनकपुर कप नगर स्तरीय भलिबल प्रतियोगिता- २०७८ सुरु भएको छ । आज उदघाटन दिनको पहिलो खेल खडक नपा भलिबल टिम खडक नपा - ५ खरछुहिया र हरिहरा भलिबल टिम डाक्नेश्वरी नपा - २ सप्तरी बिचको खेल भएको थियो । आजको खेलमा खरछुहिया ३ सेटको खेल जितेर बिजय भएको आयोजक जनचेतना दलित संगम सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ का कार्यकारी निर्देशक गणेश प्रसाद रामले जानकारी दिनुभएको छ । खेलको प्रायोजकको रुपमा सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ को वडा कार्यालय रहेको छ । भने जनचेतना दलित संगम सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ आयोजक रहेको छ । सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीको प्रमुख आतिथ्य र जनचेतना दलित संगमका अध्यक्ष रामलखन रामको अध्यक्षतामा खेलको औपचारिक रुपमा सुरुवात गरिएको थियो । बुद्धिलाल चौधरी प्रमुख एम्पायर र लोक बहादुर चौधरीले साहयक एम्पायरको भुमिका निर्वाह गरिरहेको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष देवेन्द्र चौधरी , कार्यपालिका सदस्य हिराकुमारी चौधरी शिक्षा तथा खेलकुद शाखाका हिरा राणा , खेलकुद संयोजक दिनेश कुमार चौधरी, प्रेम विश्वकर्मा लगायतको उपस्थित रहेको थियो । सप्तरी जिल्लाको ११ वटा टिमको सहभागिता रहेको खेलको समापन २०७८ चैत्र २ गते हुने आयोजकले जनाएको छ । प्रथम पुरस्कार ५१ हजार र द्दितिय पुरस्कार ३१ हजारको ब्यबस्था गरिएको छ । स्थानीयहरुको विशेष सहयोगमा खेलको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

बरियारपट्टीमा ‘RBI G ...

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१