ताजा समाचार

कनकपुरमा भलिबल प्रतियोगिता सुरु, आजको खेलमा

  • फागुन २७, २०७८
  • १२९४ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान २७, फाल्गुन । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ कनकपुरमा आजबाट कनकपुर कप नगर स्तरीय भलिबल प्रतियोगिता- २०७८ सुरु भएको छ । आज उदघाटन दिनको पहिलो खेल खडक नपा भलिबल टिम खडक नपा - ५ खरछुहिया र हरिहरा भलिबल टिम डाक्नेश्वरी नपा - २ सप्तरी बिचको खेल भएको थियो । आजको खेलमा खरछुहिया ३ सेटको खेल जितेर बिजय भएको आयोजक जनचेतना दलित संगम सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ का कार्यकारी निर्देशक गणेश प्रसाद रामले जानकारी दिनुभएको छ । खेलको प्रायोजकको रुपमा सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ को वडा कार्यालय रहेको छ । भने जनचेतना दलित संगम सुरुङ्गा नगरपालिका वडा नम्बर - ४ आयोजक रहेको छ । सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीको प्रमुख आतिथ्य र जनचेतना दलित संगमका अध्यक्ष रामलखन रामको अध्यक्षतामा खेलको औपचारिक रुपमा सुरुवात गरिएको थियो । बुद्धिलाल चौधरी प्रमुख एम्पायर र लोक बहादुर चौधरीले साहयक एम्पायरको भुमिका निर्वाह गरिरहेको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष देवेन्द्र चौधरी , कार्यपालिका सदस्य हिराकुमारी चौधरी शिक्षा तथा खेलकुद शाखाका हिरा राणा , खेलकुद संयोजक दिनेश कुमार चौधरी, प्रेम विश्वकर्मा लगायतको उपस्थित रहेको थियो । सप्तरी जिल्लाको ११ वटा टिमको सहभागिता रहेको खेलको समापन २०७८ चैत्र २ गते हुने आयोजकले जनाएको छ । प्रथम पुरस्कार ५१ हजार र द्दितिय पुरस्कार ३१ हजारको ब्यबस्था गरिएको छ । स्थानीयहरुको विशेष सहयोगमा खेलको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤