ताजा समाचार

OCMC तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

  • फागुन २७, २०७८
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घोराही, दाङ युनिसेफ नेपाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा दाङको घोराहीमा एक द्वार संकट व्यवस्थापन केन्द्र ( OCMC) तथा सरोकार वालाहरूको क्षमता अभिवृद्धि दुई दिवसीय कार्यक्रम समापन भएको छl एक द्वार संकट व्यवस्थापन केन्द्रको प्रभावकारी सेवा प्रवाहका लागि सरोकार वालाहरूको क्षमता अभिवृद्धि गरि उनीहरूलाई थप जिम्मेवार बनाउन तथा हिंसा प्रभावित महिला तथा बाल बालिका हरूलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गरिने उद्देश्यका साथ तालिम आयोजना गरिएको थियो l राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निर्देशक डा. प्रज्ञा वस्नेतको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका उप प्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख अतिथ्यमा उक्त तालिमको उद्घाटन गरिएको थियोl

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले OCMC हरूमा बालमैत्रि तथा किशोर किशोरी मैत्री सेवा प्रवाह होस् भन्ने हेतुले सम्पूर्ण सरोकार वाला हरूको क्षमता अभिवृद्धि कार्यक्रम प्रदेश मन्त्रालय संग छलफल गरि प्रतिष्ठान संगको सहयोगमा संचालन गरिएको बताउनुभयो l कार्यक्रमका अध्यक्ष एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका निर्देशक डा. प्रज्ञा वस्नेतले OCMC का सरोकार वालाहरूको क्षमता अभिवृद्धि कार्यक्रम अति आवश्यक रहेको बताउदै यस तिलिम पश्चात OCMC ले सरोकार वालाहरूको थप सक्रियता तथा सहयोग हुने विश्वास व्यक्त गर्नुभयोl

कार्यक्रमको प्रमुख अतिथि एवं उपमहानगर पालिकाक उप प्रमुखले यस तालिमले OCMC का सरोकार वालाहरूको भूमिका लाई अझै प्रभावकारी बनाउदै सम्पूर्ण लैंगिक हिंसा पिडीत महिला तथा बाल बालिका हरू लाई आवस्यक उपचार एवं सेवा प्राप्त गर्न सहयोग पुग्ने कुरा बताउनुभयोl कार्यक्रममा सहजकर्ता सूर्य पौडेल, प्रकाश कैनी र प्रकाश घिमिरे, अम्मर बस्नेतले सहजीकरण गर्नुभयोl कार्यक्रमको औपचारिक सत्रको संचालन राधा पौडेलले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤