गोलबजार नगरपालिकाका अधिकृत पौड्यालको कर्तुतले सेवाग्राहकलाई सास्ती

  • फागुन २६, २०७८
  • २०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/२६ फाल्गुन। सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्यालको कर्तुतले सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ। हप्तौं हप्तासम्म विभिन्न कामको बाहानामा बाहिर हुदाँ सेवाग्राहीलाई सास्ती खेप्नु परेको अवस्था देखिन्छ । गत फाल्गुन २० गतेदेखि आज २६ गतेसम्म कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही आक्रोशित बनेका थियोे । उपस्थित भएपनि सेवाग्राहीको काम गर्न आनाकानी गरेको एक सेवाग्राहीको समुहले नाम गोप्य राख्ने सर्तमा बताएका छन। यो सँगै अधिकृत पौड्याल जहाँ गएपनि आर्थिक लफडा लगाउने गरेको पाइएको छ। यतिमात्र होइन, अधिकृत पौड्यालले काम गरेकालाई पनि भुक्तानी दिन आनाकानी गरेको श्रोतले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्यालको यस्तो प्रवृत्तिले देखेर गोलबजार नगरबासीलाई सास्ती मात्र नभई पावर र पदको चपेटामा राखेको देखिन्छ ।

Open photo

गोलबजार नगरपालिकामा पौड्याललाई आएको ४ महिना लाग्दै गर्दा अहिलेसम्म विकासको कुरै नगरौं , साधारणतया प्रदेश न.२ को वोर्ड हटाएर मधेश प्रदेश लेखाउन सकेका छैन । साधारण कुरामा मधेशीलाई हेप्ने प्रवृत्तिको बानी अंगालेको देखिन्छ। यी र यस्ता प्रवृत्तिका प्रशासकीय अधिकृत आन्नत पौड्याललाई हदैसम्म कार्वाही हुनुपर्ने एक स्थानीयको समुहले नाम नखोल्ने गरि बताएका छन। ती समुहका अनुसार यदि पौड्याललाई कार्वाही र निलम्बित नगरे गोलबजार नगरपालिका विरुद्ध आउने दिनमा आन्दोलन गर्ने बताए । लोकतन्त्रको अनुभुति दिलाउनु जनप्रतिनिधि तथा कर्मचारीको दायित्व हुन्छ । तर त्यही कर्मचारी अटेरी ,भ्रष्टाचार , घुसपैठ जस्ता अनेकन प्रवृत्ति बोकेका हुन्छ । यसले जनताको मन जित्न कहिल्यै सकिदैन, भन्ने प्रष्ट देखिन्छ ।

Open photo

प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्याललाई गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साह र स्थानीयले फोन गर्दा लाग्दैन। कर्मचारी कार्यालयमा काम गर्ने मनसायले आएका हुन्छ । तर त्यही कर्मचारीले सेवाग्राहीलाई दु:ख , यातना दिने मनस्थिति बनाइएको पाइएको छ। यसको विकल्प के? कसले गर्ला कार्वाही ? प्रश्न चिन्ह उठछ। गोलबजार नगरपालिकामा खासगरी कर्मचारीको ढिलाई सुस्तीले गर्दा पछि परेको अवस्था देखिन्छ । कहिलेकाहीँ मेयर देवनाथ साहले कर्मचारीलाई आफ्नै कार्य कक्षमा बोलाएर सम्झाउने प्रयत्न गरेको देखिन्छ । तिमी के को युवा हौं ? युवा कर्मचारी फुर्तिलो हुनुपर्ने समझाउने गरेको पाइएको छ।

यो सँगै गोलबजार नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले इन्धनमा झ्वाम्म गर्ने गरेको पाइएको छ। सुचना अधिकारी सहनीले विभिन्न बाहानामा आफ्ना आसेपासेलाई इन्धन वितरण कार्यमा संग्लग्न रहेको पाइएको छ। कुपनमार्फत आफ्ना नातेदार र आसेपासेलाई श्री गोपाल खरिदबिक्री केन्द्र चोहर्वाबाट सुचना अधिकारी दिनेश सहनीले पेट्रोलमा हिनामिना गर्ने गरेका छन। सरकारी कर्मचारी लोकतन्त्रको हत्या हुने काम गरेभने निलम्बित र कार्वाहीको भागिदार हुन्छ । के यी दुई कर्मचारी पौड्याल र सहनीलाई कार्वाही होला ? कसले गर्ला कार्वाही ? भन्ने एक स्थानीयको समुहले मांग गरेका छन। ती समुहका अनुसार यी दुईटै कर्मचारीलाई कार्वाहीको दयारामा नल्याएसम्म यसरी नै जनताको बाधक बन्ने बताएका छन।

 

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१