हरेक व्यक्तिले फलेरियाको औषधि खाने सबैलाई बचाउने:- नगर प्रमुख शाह

  • फागुन २६, २०७८
  • ११८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो l फलेरिया विरूद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र आधारभूत स्वास्थ्य परियोजना कार्यक्रमका सामाजिक परिचालक अनेक पाण्डेयले फलेरियाको परिचय, रोगको लक्षण, रोग बट हुने समस्या, कस्ले फलेरियाको औषधि न खाने, समाधानका उपाय लगायतको बारेमा प्रशिक्षण दिनुभयो l

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले यो अभियान सबै मिलेर सफल पार्नुपर्ने र गर्भवती महिला तथा दुई बर्ष भन्दा कमका बाल बालिका बाहेक हरेक व्यक्तिले फलेरियाको औषधि खाने र सबैलाई यस रोग बाट बचाउने कार्य गर्नु पर्ने बताए l कार्यक्रममा सहभागी हरूका तर्फबाट बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने, यहि फागुन २८ गते बाट फलेरिया रोग बिरूद्धको अभियान सफल बनाउन सहभागी संग आग्रह गर्दै, आ आफ्नो स्तर बाट सबैले यस रोग बारे सचेतना जगाउनुपर्ने बताए l

कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, जहिर अहमद बरेलवी लगायत मुस्लिम धर्मगुरु, पत्रकार हरूको सहभागिता रहेको थियोl कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो l

प्रतिक्रिया दिनुहोस

१९१ जनालाई जग्गाधनी ...

सिरहाटाइम्स लहान १३ मंसिर । लहान नगरपालिका वडा नम्बर २० का १९१ जना स्थानीयहरुलाई गाउँ ब्लक जग्गाधनी ...

सिराहा सेवा समाज कता ...

रामएकवाल रामदोहा:-सिराहा सेवा समाज कतारको ९ औं अधिवेशन तथा विविध संस्कृतिक कार्यक्रम अगामी १३ डिसेम् ...

सामाजमा रहेका हानीका ...

संजू कुमारी दास १३ मंसिर, लाहान । ३३ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१