सिराहामा कांग्रेसको समानन्तर जिल्ला समिति गठन

  • फागुन २५, २०७८
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/२५ फाल्गुन। नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर जिल्ला कार्य समिति घोषणा गरेकाे छ। गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान बहिष्कार गरेको संस्थापन इतरको समूहले सभापतिका प्रत्यासी रामसुन्दर चौधरीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको हो। सिराहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर चौधरी नेतृत्वको प्यानललाई नै कार्य समिति घोषणा गरेको हो। जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णयसमेत गरेको छ।

दुईतिहाइ प्रतिनिधि आफ्नो पक्षमा भए पनि रामचन्द्र यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षको आरोप छ। यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग उनीहरूले गरेका छन्। पुनः निर्वाचन नभएमा आफूहरूले सबै गतिविधि यही समितिमार्फत सञ्चालन गर्ने महासमिति सदस्य डा. सुभाचन्द्र यादवले बताए। चुनावमा धाँधली भएको भन्दै चौधरी पक्षले मतदान चलिरहेकै वेला सोमबार साँझ ६ बजे नै मतदान बहिष्कार गरी नाराजुलुस गर्दै विरोधमा उत्रिएका थिए।

निर्वाचनमा धाँधली गराउनुमा गृहमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणको मुख्य भूमिका रहेको चौधरी पक्षको आरोप छ। जसमा सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाको सहयोग रहेको महासमिति सदस्य डा. यादवले आरोप लगाए। (नयाँ पत्रिका दैनिकबाट)

प्रतिक्रिया दिनुहोस

रञ्जिता श्रेष्ठको शु ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी ...

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१