ताजा समाचार

नरहा गाउँपालिका प्रशासकीय भवननिर्माण कार्यमा तीव्रता

  • फागुन २५, २०७८
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक(रेडियो सौगात) लहान/२५ फाल्गुन। सिरहाको नरहा गाउँपालिका वडा नम्बर -५ नरहामा ३ तल्ले ३६ कोठ्ठे नयाँ प्रशासकीय भवनको निर्माण कार्यमा तीव्रता देखिएको छ। उक्त प्रशासकीय भवनको कुल लागत लगभग ५ करोडको लगानीमा गाउँपालिकाले निर्माण गर्न लागिएको बताए। आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का लिइएका धुलिखेल अन्सुमन जे.भी. कन्स्ट्रक्सन कम्पनीले ३ वर्षमा निर्माण कार्य पूरा हुने गरि ठेक्का सम्झौता गरिएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताए । अहिले ठेक्कदार कम्पनी धुलिखेल अन्सुमन जे. भी कन्स्ट्रक्सन कम्पनीले २५ % प्रतिशत काम पूरा गरेको छ।

Open photo

पहिला निकै नै प्रशासनिक कामकाजका लागि अपठ्यारो र सास्ती भएको हुदाँ प्रशासनिक कामकाजलाई थप स्तरीय बनाउने उदेश्यले सो नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको बताएका छन् । अहिले नरहा गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। ती वडाहरुमा गाउँपालिका स्तरीय योजनाका आधारमा ५०% काम पूरा गरि सकेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए । सडक ढलान, कृषि क्षेत्रमा पोलिङ्ग , ट्रान्सफर्मर, सामुदायिक भवन, शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा स्तरोन्नतिमा लागिएको बताएका छन। यो सँगै समग्रमा जनताको चाहना र हकहितका निम्ति गाउँकार्य पालिका सदैव तत्पर रहेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤