नरहा गाउँपालिका प्रशासकीय भवननिर्माण कार्यमा तीव्रता

  • फागुन २५, २०७८
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक(रेडियो सौगात) लहान/२५ फाल्गुन। सिरहाको नरहा गाउँपालिका वडा नम्बर -५ नरहामा ३ तल्ले ३६ कोठ्ठे नयाँ प्रशासकीय भवनको निर्माण कार्यमा तीव्रता देखिएको छ। उक्त प्रशासकीय भवनको कुल लागत लगभग ५ करोडको लगानीमा गाउँपालिकाले निर्माण गर्न लागिएको बताए। आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का लिइएका धुलिखेल अन्सुमन जे.भी. कन्स्ट्रक्सन कम्पनीले ३ वर्षमा निर्माण कार्य पूरा हुने गरि ठेक्का सम्झौता गरिएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताए । अहिले ठेक्कदार कम्पनी धुलिखेल अन्सुमन जे. भी कन्स्ट्रक्सन कम्पनीले २५ % प्रतिशत काम पूरा गरेको छ।

Open photo

पहिला निकै नै प्रशासनिक कामकाजका लागि अपठ्यारो र सास्ती भएको हुदाँ प्रशासनिक कामकाजलाई थप स्तरीय बनाउने उदेश्यले सो नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको बताएका छन् । अहिले नरहा गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। ती वडाहरुमा गाउँपालिका स्तरीय योजनाका आधारमा ५०% काम पूरा गरि सकेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए । सडक ढलान, कृषि क्षेत्रमा पोलिङ्ग , ट्रान्सफर्मर, सामुदायिक भवन, शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा स्तरोन्नतिमा लागिएको बताएका छन। यो सँगै समग्रमा जनताको चाहना र हकहितका निम्ति गाउँकार्य पालिका सदैव तत्पर रहेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

पिडितहरुद्धारा अल्ट् ...

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१