बाल बालिकाको संरक्षण कृष्णनगरको प्राथमिकता :- नगर प्रमुख शाह

  • फागुन २५, २०७८
  • ११४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन २५ युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोl कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको जानकारी दिनुभयो l

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बाल बालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने हुनाले उनीहरु बिच छलफल गरि के - कसरी बाल बालिका हरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम तय गरिएको बताए l कार्यक्रममा सहजकर्ता आर. टि. खानले बाल संरक्षण सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे l सहभागी दश ओटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले छलफल गरि बाल बालिका माथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए l कार्यक्रम कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले संचालन गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१