ताजा समाचार

कपिलवस्तु जिल्ला अध्यक्ष जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश

  • फागुन २३, २०७८
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २३ कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन् l जनता समाजवादी पार्टी नेपालका कपिलवस्तु जिल्लाको युवा संघका अध्यक्ष तथा जसपा नेपाल महाराजगंज नगर कमिटी अध्यक्ष समेत रहेका मोहम्मद हई मुसलमान सबै पद त्यागेर जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् l कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् l यस पार्टी ले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको छ l जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला रहेकाले समेत रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤