Siraha Times
ताजा समाचार

नाईं समाज सेवा नेपाल द्वारा सप्तरीको पीडित परिवारलाई १ लाख नगद सहयोग

  • फागुन २२, २०७८
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ फाल्गुन - सप्तरीको सुरुङ्गा नगरपालिका वाडा नम्बर -२ हर्दिया बस्ने शिव कुमार ठाकुरलाई विद्युतको तारमा करेन्ट लागेर करिब ३ महिना अगाडी मृत्यु भएको थियोे। मृतक ठाकुर नाईं समाज सेवा नेपालको सदस्य रहेका थिए। शिब कुमार ठाकुरले आफनै घर खेतबारीको काम गर्ने क्रममा विद्युतको तारमा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियोे। घरमा छोराको मृत्यु भएको कारण घरका सम्पुर्ण परिवारका सदस्य पुत्र शोकमा डुबेका छन्। ठाकुरलाई कलिलो उमेरमा करिब २२ बर्षको उमेरमा अकालमै मृत्यु भएको स्थानीयहरुले बताए। नाईं समाज सेवा नेपालले मृतक ठाकुरको घरमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै मृतकको बुवालाई संगठनबाट घर परिवारलाई सहयोगको लागी नगद १ लाख ५५ रुपैयाँ र लुगा सिउने सिलाई मेसिन पीडित बुवालाई नाईं सामाज सेवा नेपालद्वारा सहयोग गरेका सदस्य रमन कुमार ठाकुरले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा उदयपुर,सिरहा,सप्तरी,धनुषा मोहोतरी लगायतका नाईं सामाज सेवा नेपालमा आवद्ध रहेका ५० जना सदस्यहरुको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित रहेको दिनेश ठाकुरले बताए। समाजमा गरिब दलित असहाय पीडितको सहयोग र समृद्ध समाज निर्माण र जातीय उत्थानका लागी उक्त कार्यक्रमको स्थापना भएको नाई समाज सेवा नेपालका संयोजक परमहंश कुमार ठाकुरले कतार बाट भिडियो कल मार्फद मन्तव्य राख्दै यस्तो बताएका थिए। संविधान सभा सदस्य राम सिला ठाकुर प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता रहनु भएको थियो। प्रमुख अतिथि ठाकुरका अनुसार छोराछोरीमा कुनै भेदभाव गर्नु हुँदैन महिला भनेको दुर्गा र घरको लक्ष्मी हो भने उनले चर्चा गरेका थिए। उक्त कार्यक्रमको आयोजना नाईं परिवार एकता ग्रुपले गरेका थिए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१