मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने:- अकरम पठान

  • फागुन २१, २०७८
  • ६६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, विजयनगर फागुन २१ नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छl मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरी मा कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता डा. जहिरूल हसन खान, प्रमुख अतिथिमा पूर्व जि.शि. अधिकारी अब्दुल रउफ खां, विशिष्ट अतिथिमा हाजी अब्दुल कलाम खान, मौलाना अकबर खान, मौलाना मुस्तक बरकाती, अकरम पठान लगायत रहनुभयो l

कार्यक्रममा बोल्दै डा. जहिरूल हसन ले आफूहरू मदरसाको संरक्षण गर्न हरेक सम्भव प्रयास गर्ने बताउदै विजयनगरमा मुस्लिम युनिवर्सिटीको जग छिट्टै स्थापना हुने विश्वास व्यक्त गर्नुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि खां ले मदरसा शिक्षा ले मुस्लिम समुदाय शिक्षित हुने अवसर पाई रहेको बताउदै मदरसा हरूको संरक्षण गर्नु मुस्लिम समुदायको कर्तव्य रहेको बताए l

कार्यक्रममा बोल्दै अकरम पठानले मदरसा लाई राज्यले मुल प्रवाहिकरणमा ल्याई मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने बताए l कार्यक्रममा अतिथि हाजी अब्दुल कलाम खान ,मौलाना अकबर खान ,मौलाना मुस्ताक बरकाती ,मौलाना मुजीबुर्रहमान ,कलाम भाई व्यक्तित्वहरु ले आफ्नो विचार प्रकट गर्नु भयो l कार्यक्रममा लगभग पचास मदरसाका आलीम र मदरसा व्यवस्थापन समितिका अध्यक्ष हरूको उपस्थित रहेको थियो l कार्यक्रम संचालन मौलाना सद्दाम साहबले गर्नुभयो l

 

प्रतिक्रिया दिनुहोस

लहानमा लागूऔषधसहित द ...

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कार ...

औरहीमा पाँच दिने नेत ...

लाल बिहारी यादव लहान २० । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिही ...

नेशनल लघुबित्त बित्त ...

सिराहा / असार १८ गते । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी, धनुषा द्वारा १२ औ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१