ताजा समाचार

मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने:- अकरम पठान

  • फागुन २१, २०७८
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, विजयनगर फागुन २१ नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छl मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरी मा कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता डा. जहिरूल हसन खान, प्रमुख अतिथिमा पूर्व जि.शि. अधिकारी अब्दुल रउफ खां, विशिष्ट अतिथिमा हाजी अब्दुल कलाम खान, मौलाना अकबर खान, मौलाना मुस्तक बरकाती, अकरम पठान लगायत रहनुभयो l

कार्यक्रममा बोल्दै डा. जहिरूल हसन ले आफूहरू मदरसाको संरक्षण गर्न हरेक सम्भव प्रयास गर्ने बताउदै विजयनगरमा मुस्लिम युनिवर्सिटीको जग छिट्टै स्थापना हुने विश्वास व्यक्त गर्नुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि खां ले मदरसा शिक्षा ले मुस्लिम समुदाय शिक्षित हुने अवसर पाई रहेको बताउदै मदरसा हरूको संरक्षण गर्नु मुस्लिम समुदायको कर्तव्य रहेको बताए l

कार्यक्रममा बोल्दै अकरम पठानले मदरसा लाई राज्यले मुल प्रवाहिकरणमा ल्याई मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने बताए l कार्यक्रममा अतिथि हाजी अब्दुल कलाम खान ,मौलाना अकबर खान ,मौलाना मुस्ताक बरकाती ,मौलाना मुजीबुर्रहमान ,कलाम भाई व्यक्तित्वहरु ले आफ्नो विचार प्रकट गर्नु भयो l कार्यक्रममा लगभग पचास मदरसाका आलीम र मदरसा व्यवस्थापन समितिका अध्यक्ष हरूको उपस्थित रहेको थियो l कार्यक्रम संचालन मौलाना सद्दाम साहबले गर्नुभयो l

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤