महुली लघुबितको भगवानपुर सखाद्वारा समिक्षा गोष्टि सम्पन्न

  • फागुन २१, २०७८
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ फाल्गुन - महुली लघुबित बितीय संस्था भगवानपुर सखाको वार्षिक केन्द्र प्रमुख तथा उप-प्रमुखहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक बर्ष संस्थाले निरन्तर समिक्षा गोष्ठीहरु गर्दै आएका छन्। भगवानपुर सखामा जम्मा २१८८ सदस्य रहेको छ भने १४१ केन्द्र रहेका भगवानपुर सखाको सखा प्रबन्धक तराकांन्त चौधरीले जानकारी दिनु भयो। केन्द्र ९२ का प्रतिनिधि गिरीजा यादवको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने दोश्रो दिनको कार्यक्रम अध्यक्षमा केन्द्र नम्बर १ का प्रतिनिधि अनुपम भणडारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि अनिल मंण्डल रहनु भएको कार्यक्रममा हजारौं महिला सदस्यहरुको सहभागीता रहेको लहान सखाको सखा प्रबन्धक/म्यानेजर सन्तोष कुमार यादवले जानकारी दिनु भयो।

कार्यक्रममा सहभागीहरुलाई लहान सखाको प्रबन्धक सन्तोष कुमार यादव, तराकांन्त चौधरीले सहभागीहरुलाई सहजीकरण गरेका संन्जु चौधरीले जानकारी दिनु भयो। पहिलो दिनको कार्यक्रममा १२५ सहभागी संख्या रहेको थियो भने दोश्रो दिनको कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको सेन्टर म्यानेजर रामानन्द चौधरीले बताए। १४१ केन्द्र मध्येबाट प्रथम,दोश्रो,तेस्रो,चौथो हुने केन्द्रका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए। प्रथम हुने सम्झना महिला बिकास महेश्वारी केन्द्र नम्बर २९ का प्रतिनिधिलाई पुस्कार स्वरुप नगद रु. ४ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए। दोश्रो हुने महालक्ष्मी महिला बिकास केन्द्र नहरा रिगौल केन्द्रका प्रतिनिधिलाई नगद रु.३ हजार प्रमाणपत्र दिए समान गरेका हुन।

तेस्रो हुने श्री रामजानकी महिला बिकास केन्द्र खोखसी जानकि नगरका प्रतिनिधिलाई नगद रु.२ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए तेसै गरी चौथो स्थान प्राप्त गर्नु भएका राजदेबी महिला बिकास केन्द्र मिर्जापुर केन्द्रका प्रतिनिधिलाई नगद रु.१००० एक हजा र प्रमाणपत्र सहित सम्मान गरेका सेन्टर म्यानेजर राजेश कुमार साहले जानकारी दिनु भयो। उक्त कार्यक्रमको उदघोषण महुली बितिय संस्थाका सेन्टर म्यानेजर रमेश कुमार यादवले जानकारी दिनु भयो।

 

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१