ताजा समाचार

जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर

  • फागुन २०, २०७८
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २० जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् l कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ l केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान जनता माझ लैजादै किसान लाई भातृ संगठन होइन मातृ संगठन मानेर अगाडि बढ्ने लगायत जनताको हकहीत सुरक्षित रहेको एक मात्र पार्टी जनता प्रगतिशील पार्टी रहेको बताएका छन् l विजयनगर गाउँपालिका वडा नं १ राष्ट्रीय जनमोर्चा पार्टी वडा कमिटी अध्यक्ष प्रभु यादव सहित धेरै व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन् l कांग्रेसका क्षेत्रिय प्रतिनिधि अशीष मिश्रा र कृष्णनगर नगरपालिका वडा नं १० कांग्रेस पार्टी वडा सभापति पदका उम्मेदवार राजु यादव लगायत विभिन्न पार्टी परित्याग गरेर जनता प्रगतिशील पार्टी तर्फ आकर्षित भएको देखिएको छ l साथै कपिलवस्तुमा विकास प्रेमी नेतका रूपमा परिचत रहेका पूर्व मंत्री ईश्वर दयाल मिश्र पार्टीको महासचिव भएको ले धेरै व्यक्तिको रोजाई जनता प्रगतिशील पार्टी भएका ले थोरै समयमा कपिलवस्तु बाट हजारौं व्यक्ति पार्टी प्रवेश गरेको स्थानीयले बताउदै आएका छन् l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤