कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

  • फागुन २०, २०७८
  • ५७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु , फल्गुन २० जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ । पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा सुरई खाेलामा झाेलुङ्गे पुलकाे एकैसाथ उद्घाटन गर्नुभएकाे छ । नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायाेजनाहरु निर्माण समपन्न भईसकेकाले उद्घाटन गरि सुचारु गर्न लागिएकाे बताउनुभयाे । नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषाेत्तमपुर लगायतका गाउंलाई नगर केन्द्र र लिंक राेड जाेड्ने सुरई खाेलामा बनाइएकाे झाेलुङ्गे पुल पनि संगै उद्घाटन गराई संचालनमा ल्याईएकाे बताए ।

हाल वडा ८ र ९ साविककाे बहादुरगंज गाविसकाे पुरानाे कार्यालय भवन जीर्ण बन्दै गएकाेले र वडा ८काे कार्यालय भाडामा संचालन रहेकाले संयुक्त वडा कार्यालय बनाइएकाे जानकारी याेजना प्रमुख साकिर अहमद शाहले जानकारी दिनुभयाे । उद्घाटन कार्यक्रमकाे संचालन राेजगार संयाेजक इश्वरि पाैडेलले गर्नुभएकाे थियाे भने नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी , क्षेत्रिय संयाेजक ब्रहम्मानन्द उपाध्याय, नगर सभापति देवानन्द शुक्ला, अजय उपाध्यय, गंगेश तिवारी लगायत वडाध्यक्ष संजय गुप्ता, तुङ्गनाथ चाैधरी तथा कार्यपालिका सदस्य , कर्मचारी र सर्वसाधारणकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१