Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमा एमाले पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न

  • फागुन २०, २०७८
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० फाल्गुन - सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर १२ सिमलटोकीमा एक दिवशीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ्। राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक तथा धनगढीमाई १२ सिमलटोकि का वाडा कमिटी अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व कानुन मन्त्री तथा पार्टीका केन्द्रिय पोलिट ब्योरो सदस्य लिलानाथ श्रेष्ठ रहनु भएको थियो।

बिशिस्ट अतिथिमा पार्टीको केन्द्रिय सदस्य गंगा प्रसाद यादव रहनु भएको थियो।अतिथिहरुमा केन्द्रिय सदस्य रामपृत राम, सल्लाहकार परिषद सदस्य नरेन्द्र राज पोखरेल,पुर्व प्रदेश प्रमुख धर्मनाथ यादव,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामस्वरु प सदाय, राष्ट्रिय प्रतिनिधि सदस्य निर्माला बराल,धनगढीमाई नगरपालिकाका नगर इन्चार्ज शिब शंकर महतो,जिल्ला कमिटी उप सचिब शोभा बराल लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

उक्त कार्यक्रमको उद्घोषण नगर सचिवालय सदस्य रोहित राज लम्सालले गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको नीति सिद्धान्त र समाजवाद र सामेबाद , जनताको बहुदलीय जनवाद लगायतका विशेषमा प्रशिक्षण दिएका हुन।नेपाल कम्युनिस्ट पार्टी एमाले १७ बर्ष सरकारमा हुँदा देशमा हरेक क्षेत्रमा गरेको बिकास निर्माणको कामको चर्चा गर्दै सहभागीहरुलाई सम्झाएका स्थानीय नेता बिरेन्द्र कुमार महतोले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१