नेपाली काग्रेसी वडा सदस्य सहित ५५ जना एमालेमा प्रवेश

  • फागुन १९, २०७८
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ५ की वडा सदस्य राजमति पासी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित पासी सहित ५५ जनाले नेपाली काँग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन । विहिबार नेकपा एमाले वडा नं. ५ को वडा भेलामा पासी सहित ५५ जनाले अबको देशको विकास गर्ने पार्टि र जनताको रोजाई नेकपा एमाले मात्रै भएकोले काग्रेस त्याग गरी एमालेमा प्रबेश गरेको वताए । नेकपा एमाले जिल्ला सचिवालय सदस्य गोपाल थापाले उनीहरुलाई सदस्यता दिदै पार्टिमा स्वागत गर्नु भएको हो । जनताले मन पराएको देशको विकास गर्ने एक मात्रै पार्टि नेकपा एमाले भएको जनताले बुझि सकेकोले अब विस्तारै सबैले एमाले नै रोज्ने थापाले बताउनु भयो । वडा कमिटि अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य गोपाल थापाको प्रमुख आथित्यता रहेको छ । कार्यक्रममा जिल्ला सदस्य लक्ष्मी कुमारी चौधरी, त्रिवेणी कुर्मी वडा नं. ५ का अध्यक्ष अनवर मुसलमान लगायतले नव प्रवेशीहरुलाई स्वागत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१