सिरहाको लहानमा गर्भपतन गर्नै लाग्दा क्लिनिकको सँचालक र श्रीमति पक्राउ

  • फागुन १७, २०७८
  • १४०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए

मधेश प्रदेशको विभिन्न जिल्लामा अवैद्य गर्भपतन गराउनको सँख्या दिनानुदिन बढदै गएको छ । छोरा मोहले अवैद्य रुपमा गर्भपतन गराउनेहरुको सँख्या बढदै गएको छ । सोही क्रममा मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित अवैद्य गर्भपतन गर्नै लाग्दा एक क्लिनिकका सँचालक र उनकी श्रीमतिलाई प्रहरीले रँगेहात पक्राउ गरेको छ । लहानस्थित सँचालनमा रहेको राजदेवी मेडिकल हेल्थ केयर प्रा.लि. ले अवैद्य रुपमा गर्भपतन गर्न लागेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गर्भपतन गर्नै लाग्दा क्लिनिक सँचालक र उनकी श्रीमतिलाई रँगेहात पक्राउ गर्न सफल भएको हो । लहानको क्लिनिकहरुमा व्यापक रुपमा अवैद्य गर्भपतन भइरहेको व्यापक गुनासो आएपछि प्रहरीले सोमबार छापामारी गरी राजदेवी हेल्थ केयरका सँचालक उमेश चौधरी र उनकी श्रीमति राजकुमारी चौधरीलाई पक्राउ गरेको हो । 

लहान नगरपालिका वडा नम्बर ३ स्थित सँचालनमा रहेको सो क्लिनिकमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ बस्ने शम्भु कुमार दासकी अन्दाजी बर्ष २५ की श्रीमति रँजीता सहनीलाई अवैद्य गर्भपतन गराउन आएको बेला नियन्त्रणमा लिएको हो । लहानमै सँचालनमा रहेको विभिन्न क्लिनिकहरुमा भिडियो एक्सरे गराएर अन्य क्लिनिकमा गर्भपतन गराउने गरेको सूचना समेत प्राप्त भएको छ । अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।यो समाचार न्यूज़ ब्यूरो बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१