ताजा समाचार

प्रबन्धक महतोले सहज रूपमा दिदै मृत्यु दाबी भुक्तानी

  • फागुन १७, २०७८
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ फाल्गुन - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जिवनको भुक्तानी सहज रूपमा दिन थालेका छन।सिरहाको लहान स्थित रहेको सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान ब्रान्चका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका पीडित परिवारहरुलाई उनले सहज रूपमा मृत्यु दाबी भुक्तानी दिन लागेका छन्।

सिरहा नगरपालिका वाडा नम्बर २० सिकाजोति बस्ने रामपुकार मुखियाको जेठो छोरा २७ वर्षिय ईन्द्रजित कुमार मुखियाले वैदेशिक रोजगारीको लागी खाडि मुलुक कतार जाने क्रममा अर्थात कतारको लागी उडान हुने क्रममा अन्तर्राष्ट्रिय बिमान स्थलमा एकासी हर्टस्टयाकट भई काठमाडौंको वीर होस्पीटलमा उपचारको क्रममा २०७८- ५-१२ गते मृत्युु भएको परिवारजनले जनाए।

मृतक मुखियाको घरको आर्थिक अवस्था निकै कमजोर रहेको छ्। घरमा मुखियाको एक श्रीमती र ३ वर्षिय २ छोरा रहेका छन्।श्रीमान गुमाएका पुनिता देबी मुखियाकी बिचल्ली भएकी छिन्। मृतकको आमा देबकि देबी मुखिया र बुबा रामपुकार मुखिया पुर्ण रूपमा सुकुम्बासी रहेका छन्। पीडित परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्राईभेट लिमिटेड लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सहयोग स्वरुप पीडित परिवारजनलाई माछापुच्छ्रे बैंकको ११ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤